१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

कोरोनाको जोखिम नियन्त्रण गर्न सबैको भूमिका चाहिन्छ DIG किशोर प्रधान

Logo
प्रकाशित मंगलबार, बैशाख २१, २०७८

(महेन्द्र प्रताप सिंह)
बाँके । नेपालगन्जको जमुनाहमा रहेको हेल्थ डेक्सको उच्च अधिकारीहरुले मंगलबार निरीक्षण तथा अनुगमन गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि नेपाल सरकारले २२ वटा नेपाल भारत सीमा नाकालाई बन्द गरिसकेको छ । नेपालगन्जको जमुनाहसहित देशभर १३ वटा नाकामात्रै खुल्ला छन् ।

ती नाकाबाट रोजगारको शिलशिलामा भारत पुगेकाहरु धमाधम घर फर्किरहेका छन् । भारतमा भाइरस संक्रमणको सुनामी आएपछि त्यहाँबाट स्वदेश फर्कने नेपालीको संख्या हवात्तै बढेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणाको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति डिआइजी किशोर प्रधानले नाकालाई थप व्यवस्थित बनाउन सुझाव दिनुभयो ।
भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न सबैको भूमिका महत्वपूर्ण हुने भएकाले नाकाबाट आउने नागरिकहरुको परीक्षण गरेरमात्र नेपाल प्रवेश गर्न दिने र १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नेगरी व्यवस्था मिलाउन स्थानीय सरकारसँग आग्रह गर्नुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भारतबाट फर्किने नागरिकहरुलाई नाकाबाटै सम्बन्धित जिल्लामा पठाउने काम भइरहेको बताउनुभयो ।

उहाँले त्यहीबाट बस रिर्जव गरेर सम्बन्धित जिल्लामा पठाउने काम चलिरहेको बताउनुभयो । कार्यक्रममा मजकुर नं. ३० गाका गणपति सशस्त्र प्रहरी उपरिक्षक अशोक कुमार बम, नं. ४२ रिजर्व गण हेक्वा शम्शेरगन्जका गणपति प्रकाश कुमार सुवेदी, बाँकेका एसपी ओम राना, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक नरेन्द्र राज गिरीलगायतको उपस्थिति रहेको थियो । त्यसअवसरमा स्वास्थ्यसँग सम्बन्धित मास्क, सेनिटाइजर, ग्लोब्स, शुद्ध पिउने पानी वितरणलगायतका कार्यक्रम भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]