२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

रोपाईको मौका छोपेर देउखुरी क्षेत्रमा चोरी

Logo
प्रकाशित बिहिबार, आषाढ ०७, २०७५


प्रबिण भुसाल,लमहि
लमही र देउखुरी क्षेत्रका गाउँहरुमा चोरहरुको बिगबिगी छ । दैनिक जसो यस आसपासका गाउमा चोरीका घट्ना शृङ्खलाबद्ध रुपमा बढ्न थालेपछी स्थानीयहरु समेत त्रसित बनेका छन । देउखुरीबासी रोपाईमा ब्यस्त भईरहदा घरमा कोहि नभएको मौका पारेर गाउमा चोरीका घटना बढेका हुन ।लमही नगरपालिका वडा नम्बर १ भित्र चोरहरुको बिगबिगी बढेको हो ।आज राती मात्रै सुन्डबरी गाउँमा दुइजना स्थानीयहरुको घरको ढोका फोडि धनमाल चोरी गरि लगेको स्थानीयले बताएका हुन !
बिगत केही महिना देखि सुन्डबरी आसपास क्षेत्रमा चोरहरुको बिगबिगी बढे पनि सम्बद्ध निकायको ध्यानाकर्षण हुन सकेको छैन ! पिडितहरुले नर्ती प्रहरी इकाइमा घटनाको जाहेरी गरे पनि प्रहरीले कुनै चासो नदियको पिडितहरु गुनासो गर्दछन । पछिल्लो समय आधा दर्जन बढी चोरीका घटना भएको स्थानियबासिको भनाई छ ।
सुन्डबरी सामुदायिक बनको छेउमा रहेको बालोदय आधारभुत बिद्यालयको परिसरअहिले बिभिन्न क्षेत्रबाट आयका युबाहरुको गाजा लगायत अबैध लागूपदार्थ सेबन गर्ने अखडा बनेको छ !
त्यस्तै लागू औषध सेवन गर्ने कतिपय युबाहरु नै चोरी कार्यमा संलग्न हुनसक्ने कतिपय स्थानीयले आशकाँ गरेका छ्न !
सो सम्बन्धमा त्यस क्षेत्र दुर्ब्यसनीको अखडा बन्दै गएको स्विकार्दै त्यस्ता दुर्ब्यसनीहरुलाइ नियन्त्रणमा लिन नसकेको इलाका प्रहरी कार्यालय नर्तिले बतायको छ ।
गाउमा चोरहरुको बिगबिगी बढेपछी सोक्षेत्रमा प्रहरिले आफ्नो सक्रियता बढाउनुपर्ने, अवस्था देखियको छ ।प्रहरी रात्री समयमा गस्ती नबसि हेलचक्राइ गरेकाे स्थानीय बासिन्दा प्रेमलाल चाैधरीले बताए । प्रहरीले चोरीका घटना नियन्त्रण गर्न खासै सक्रीयता नदेखाएको उनले गुनासो गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!