०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

रोपाईको मौका छोपेर देउखुरी क्षेत्रमा चोरी

Logo
प्रकाशित बिहिबार, आषाढ ०७, २०७५

प्रबिण भुसाल,लमहि
लमही र देउखुरी क्षेत्रका गाउँहरुमा चोरहरुको बिगबिगी छ । दैनिक जसो यस आसपासका गाउमा चोरीका घट्ना शृङ्खलाबद्ध रुपमा बढ्न थालेपछी स्थानीयहरु समेत त्रसित बनेका छन । देउखुरीबासी रोपाईमा ब्यस्त भईरहदा घरमा कोहि नभएको मौका पारेर गाउमा चोरीका घटना बढेका हुन ।लमही नगरपालिका वडा नम्बर १ भित्र चोरहरुको बिगबिगी बढेको हो ।आज राती मात्रै सुन्डबरी गाउँमा दुइजना स्थानीयहरुको घरको ढोका फोडि धनमाल चोरी गरि लगेको स्थानीयले बताएका हुन !
बिगत केही महिना देखि सुन्डबरी आसपास क्षेत्रमा चोरहरुको बिगबिगी बढे पनि सम्बद्ध निकायको ध्यानाकर्षण हुन सकेको छैन ! पिडितहरुले नर्ती प्रहरी इकाइमा घटनाको जाहेरी गरे पनि प्रहरीले कुनै चासो नदियको पिडितहरु गुनासो गर्दछन । पछिल्लो समय आधा दर्जन बढी चोरीका घटना भएको स्थानियबासिको भनाई छ ।
सुन्डबरी सामुदायिक बनको छेउमा रहेको बालोदय आधारभुत बिद्यालयको परिसरअहिले बिभिन्न क्षेत्रबाट आयका युबाहरुको गाजा लगायत अबैध लागूपदार्थ सेबन गर्ने अखडा बनेको छ !
त्यस्तै लागू औषध सेवन गर्ने कतिपय युबाहरु नै चोरी कार्यमा संलग्न हुनसक्ने कतिपय स्थानीयले आशकाँ गरेका छ्न !
सो सम्बन्धमा त्यस क्षेत्र दुर्ब्यसनीको अखडा बन्दै गएको स्विकार्दै त्यस्ता दुर्ब्यसनीहरुलाइ नियन्त्रणमा लिन नसकेको इलाका प्रहरी कार्यालय नर्तिले बतायको छ ।
गाउमा चोरहरुको बिगबिगी बढेपछी सोक्षेत्रमा प्रहरिले आफ्नो सक्रियता बढाउनुपर्ने, अवस्था देखियको छ ।प्रहरी रात्री समयमा गस्ती नबसि हेलचक्राइ गरेकाे स्थानीय बासिन्दा प्रेमलाल चाैधरीले बताए । प्रहरीले चोरीका घटना नियन्त्रण गर्न खासै सक्रीयता नदेखाएको उनले गुनासो गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जनशक्तिको बढुवा तथा पदस्थापन प्रक्रिया अघि बढाएको छ। जनपद प्रहरी समूह अन्तर्गतका प्रहरी सहायक हवल्दारहरूको पदोन्नति र जिम्मेवारी तोकिएको हो। प्रहरी उपरीक्षकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फ कार्यरत एक हजार ३२ जना प्रहरी सहायक हवल्दारलाई बढुवा गर्दै विभिन्न स्थानमा पदस्थापन गरिएको जनाइएको छ। बढुवा तथा पदस्थापनसँगै सम्बन्धित कर्मचारीहरूलाई नयाँ जिम्मेवारीसहित […]

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री उपस्थित समारोहमा आईजी अर्यालले भने, ‘आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्ट व्यवस्था हुन आवश्यक छ ।’ परिचालन नीतिमा स्पष्टता नहुँदा हुलदङ्गा नियन्त्रणमा सशस्त्र र नेपाल प्रहरीको बिचमा ‘विवाद’ हुँदै आएको छ । सशस्त्रले प्रस्ताव गरेको नयाँ परिचालन नीति गृह मन्त्रालयमा विचाराधीन छ । २०५७ मा स्थापना भएको सशस्त्र प्रहरीले सशस्त्र विद्रोह, […]

दाङ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका ३३ वर्षका रमा चौधरी रहेको दाङ प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । डिएसपी शाहका अनुसार चौधरीको आज सवा ४ बजेतिर उपचारका […]

error: Content is protected !!