०४ बैशाख २०८१, मंगलबार
16-04-2024 , Tue
×

अक्सिजन सिलिन्डर तस्करी गरेको आरोपमा प्रहरीले ३ जना पक्राउ

Logo
प्रकाशित बुधबार, बैशाख २२, २०७८

(रवि वर्णवाल)
महोत्तरी । अक्सिजन सिलिन्डर भारत तस्करी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जलेश्वर नगरपालिकामा भारततर्फ पठाउन लागेको अवस्थामा सिलिन्डरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर–६ बस्ने विपिन चौधरी, धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ बस्ने ५० वर्षीय दिनेशकुमार शर्मा र वडा नम्बर–७ बस्ने ३६ वर्षीय जमरुद्दिन राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।

जलेश्वर नगरपालिका वडा नम्बर–३ स्थित नेपालबाट भारततर्फ लैजानका लागि राखिएको अवस्थामा ३ थान प्याक अक्सिजन सिलिन्डरसहित उनीहरूलाई नियन्त्रणमा लिइएको डिएसपी विष्टले बताए ।

गस्तीमा रहेको प्रहरीको टोलीले जलेश्वर नगरपालिका वडा नम्बर–१२ थरुवाहीबाट समेत लुकाइछिपाइ नेपालबाट भारततर्फ स्कोर्पियोमा लगिरहेको ७/७ किलोको दुई थान सिलिन्डर बरामद गरेको उनले बताए ।
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

      (धर्मेन्द्र कुमार कुर्मी ) कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान गरिएको छ । गाउँपालिकाकाे ७ नम्बर वडा कार्यालय गणेशपुरले जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान-पत्रले सम्मान गरेकाे छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बिहिबार एक कार्यक्रमबीच जग्गा दाताहरुलाई सम्मान-पत्रले सम्मान गरेका हुन् । यसैबीच वडाकाे डिजिटल बाेर्ड र नवनिर्मित वडा […]

(एबिसि संचार )                                                                सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा बम विष्फोट भएको छ । गएराति १ बजेतिर टावरमा प्रेशर कुकर बम विष्फोट भएको जिल्ला […]

(एबिसि संचार ) पोखरा महानागरपलिकाकी सबइन्जिनियरसहित दुई जना जनासेवाग्रहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सबइन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डेढ लाख […]