२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

बाँकेका सिडियो र एसपी जमुनाहामा नाकाको अनुगमनमा

Logo
प्रकाशित शुक्रबार, बैशाख २४, २०७८

 

(महेन्द्र प्रताप  सिंह)
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर राणाले संयुक्त रुपमा सीमानाकाको अनुगमन गरेका छन् । उनीहरुले नेपाल–भारत सीमानाका जमुनाहा र नेपालगन्ज भेरी अस्पतालमा निर्माण हुन लागेको अक्सिजन स्टोरेज ट्याङ्कको स्थलगत अनुगमन गरेका हुन् ।

अनुगमनमा उनीहरुसँगै सशस्त्र प्रहरी उपरीक्षक अशोक बम, राष्ट्रिय अनुसन्धान आयोगका निर्देशक नरेन्द्र गिरी रहेका थिए । जमुनाहाको अनुगमनका क्रममा उनीहरुले भारतबाट नेपाल आउने व्यक्तिलाई माक्स बितरण गर्नुका साथै नाकामा रहेको होल्डिङ सेन्टरको अनुगमसमेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!