(महेन्द्र प्रताप सिंह)
बर्दिया । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बर्दियाले निषेधाज्ञाको अवज्ञा गर्ने १७३ जना मनिस र मोटरसाइकल ४३ वटा चार पाङ्ग्रे सवारी साधन ४ वटा तीन पाङ्ग्रे अटो रिक्सा ७ वटा साइकल ५४ वटा लगाएतलाई बिहीबार केही समय होल्ड गरी सम्झाई बुझाई गरी छाडिएको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।