०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

काठमाडौंमा यस्तो देखियो लगडाउको असर दैनिक गरीखाने लाई सास्ती

Logo
प्रकाशित शुक्रबार, बैशाख २४, २०७८


(ABC-Sanchar) भक्तपुर । काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा भएपछि यहाँका स्थानीयले बिहानै आफुलाई चाहिने अत्यावश्यक सामाग्रीहरु किन्ने गरेका छ्न । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म मात्र खुल्ने भएपछि स्थानीयवासीहरुले सोही अनुसार दैनिक जिविकोपार्जन गर्न चाहिने वस्तुहरु बिहानै किन्ने गरेका छन ।
यस अघि बुधबारसम्म बिहान बे्लुका नै पसल खुला हुन्थ्यो भने उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अब थपिएको निषेधाज्ञालाई कडा बनाउने निर्णय गरेपछि बेलुका पसल बन्द हुने भएको हो ।

नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरेपछि प्रशासनले केही कडाइ गरिएको जनाएको छ।

प्रशासनले कडा गरेपछी भक्तपुरका स्थानीयहरुले आफुलाई चाहिने अत्यावश्यक सामाग्रीहरुको जोह बिहानै गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

नवलपरासी । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएकोक नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक […]

error: Content is protected !!