२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङदेखि हेलिकप्टरबाट पोखरा अस्पताल सम्मको भाडा ५ लाख ९४ हजार

Logo
प्रकाशित शुक्रबार, बैशाख २४, २०७८

(ABC-Sanchar)
दाङ । कोरोनाको दोस्रो कहर संगै बिरामीहरु महँगो भाडा तिरेर हेलिकप्टरबाट अस्पताल पुर्‍याइँदै, लमहीदेखि पोखराको भाडा ५ लाख ९४ हजार रुपैयाँ
देउखुरी २४ बैशाख । लमही निवासी एक महिलाको एक्कासि अक्सिजन लेबल घट्यो। श्वासप्रश्वासमा समस्या आयो। उपचारका लागि लमही अस्पताल लगियो। एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो। जिल्लामा कोरोना उपचारका लागि आईसियू बेड कतै पाइएन। त्यसपछि परिवारका सदस्यले हेलिकप्टर चार्टर गरेर अन्यत्र लैजान खोजे।

काठमाडौंका अस्पतालमा बेडको कुरा भयो। तर, त्यहाँ खाली भेटिएन। पोखरामा बेड भेटियो । ५ लाख ९४ हजार रुपैयाँ हेलिकप्टर भाडा तिरेर पोखरा लैजाने निधो भयो। हेलिकप्टरको भाडा जुटाउन सक्नेका लागि त सजिलै होला। तर, गरिब विपन्न परिवारका सदस्यले हेलिकप्टर चार्टरको विषय सोच्नसमेत सक्ने अवस्था छैन। ‘धन्न हेलिकप्टर भेटियो। यही हेलिकप्टरका लागि धेरै फोन घुमाउनुप¥यो’, बिरामीका एक आफन्तले भने, ‘पहिला पैसा डिपोजिट गरेर मात्रै हेलिकप्टर पाइयो।’

कोभिड संक्रमणपश्चात् बिरामीको अवस्था बिग्रँदै गएपछि थप उपचारका लागि अन्यत्र लैजान महँगोमा हेलिकप्टर चार्टर गरेर अस्पताल लैजानुपर्ने बाध्यता छ। ‘सेनाको हेलिकप्टरले संक्रमित नबोक्ने भनेपछि निजी एयरलाइन्स खोज्नुपर्ने बाध्यता भयो’, उनले भने, ‘सक्नेले त हेलिकप्टर चार्टर गर्ला । नसक्ने त उपचार नपाएर मर्ने दिन आयो।’ पछिल्ला दिनमा हेलिकप्टर चार्टर गरेर बिरामीलाई काठमाडौं, पोखराका अस्पतालमा लग्ने दर बढेको छ।

कोरोना विशेष अस्पताल बेलझुण्डी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार गराइरहेका संक्रमितलाई भेन्टिलेटर आवश्यक परेको खण्डमा हेलिकप्टर खोज्ने गरिएको हो। सामान्य अवस्थामा हेलिकप्टर चार्टरको भाडा सामान्य रहन्छ। तर, यस्तो विपद्को बेला महँगो भाडा लिने गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!