०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

पत्रकारहरुलाई पीसीआर परीक्षण र खोपको व्यवस्था गर्न माग

Logo
प्रकाशित शनिबार, बैशाख २५, २०७८

(ABC-Sanchar)
काठमाडाैं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पीसीआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ ।

शाखाको वैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै शाखाका सचिव महेश्वर गौतमले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण दिनानुदिन बढ्दै गएकाले कोरोना महामारी बारेमा सर्वसाधारणलाई सुसूचित गराईरहेका सञ्चार माध्यम र पत्रकारलाई इन्टरनेट, टेलिफोन र विद्युतजस्ता अत्यावश्यक वस्तुमा सहुलीयत दिनसमेत माग गर्नुभएको हाे ।

शाखाका सदस्यको यसवर्षको नविकरण शुल्क नलिन केन्द्रीय समितिलाई आग्रह गर्ने, सञ्चार गृहलाई श्रमजिवी पत्रकार तथा सञ्चारकर्मीको सेवा सुविधा नियमित गराउन अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको शाखा सचिव गौतमले राससलाई जानकारी दिनुभयो ।

यस्तै, कोभिड जोखिममा परेका पत्रकारको सहयोग र भैपरी आउने अवस्थाको तयारीका लागि शाखाका अध्यक्ष सूर्य सुवेदीको संयोजकत्वमा सात सदस्यीय ‘टाक्स फोेर्स’ समिति गठन गर्ने निर्णय भएको छ ।

सङ्क्रमणमा परेका शाखा सदस्यको सङ्ख्या, अस्पताल तथा होम आइसोलेसनमा रहेकाको अवस्था पहिचान गरेर पाँच दिनभित्र सुझाव पेश गर्न शाखाका उपाध्यक्ष रामचन्द्र दुलालको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!