प्रकशित मिति : ७ असार २०७५, बिहीबार २०:००

सागर थापा, दाङ

राष्ट्रिय जनमोर्चा दाङले राप्ति गाउपालिकामा ज्ञापनपत्र बुझाएको छ । जिल्ला अध्यक्ष गणेश आचार्य र सचिब वसन्त पौडेलको हस्ताक्षर भएको ज्ञापनपत्रमा संघीयता नेपालमा ठिक नभएकोले यसको खारेज गर्नु पर्ने र यसैको नाममा जनता ढाड सेक्ने गरि गरिएको राजस्व वृद्धि को बिरोध गरिएको छ । भ्रष्टाचार , सरकारी कार्यालयबाट कार्य सम्पादनमा हुने ढिला सुस्ती , अनियमितता, महङ्गि , बिकास निर्माणका काममा भैरहेको ढिला सुस्ती , प्राकृतिक श्रोत साधन माथिको दोहन कालोबजारी , मूल्य वृद्धि , राहात र अनुदानमा भएको अनियमितता ,सरकारी कार्यालयमा हुने बिचौलिया , न्याय सम्पादनमा भएको अनियमितता आदिको बिरोध गर्नुका साथै कृषि सामाग्री मा सुलभता , राहात र अनुदानमा पारदर्शीताका साथै बीउ, मल, दाना , औषधि , कृषि सामाग्रीमा सहुलियत , सार्वजनिक यातायात लाई सुरक्षि बनाउनुका साथै बैज्ञानिक भाडादर कायम गर्नु पर्ने , सिमेन्ट उधोग बाट प्रभावित जनता शीत भएका सहमती को कार्यान्वयन गर्नु पर्ने , भुमिहिन सुकुम्बासी को पहिचान गरी उनिहरुको उचित ब्यबस्थापन गर्नु पर्ने ,अशक्त गरिब जनताको निसुल्क बिमा को ब्यबस्था गर्नु पर्ने , रोजगारी सृजना गर्नु पर्ने , पर्यावरण संरक्षण गर्नु पर्ने , जनप्रतिनिधिहरु जनउत्तरदायी हुनुपर्ने , पुर्ण भोल्टेज सहितको बिधुत आपूर्तिको ब्यबस्था मिलाउन पर्ने , राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान तत्काल संचालन गर्नु पर्ने , सेबाग्राहिलाइ नया ब्यबस्थाको अनुभुती हुने बताबरण निर्माण गर्नु पर्ने , बिद्यार्थी संख्या का आधारमा शिक्षक ब्यबस्था गरि समान काम को समान ज्यालाको ब्यबस्था गर्नु पर्ने , शुद्ध खानेपानी को ब्यबस्था गर्नु पर्ने , सुलभ स्वास्थ्य सेबाको ब्यबस्था गर्नु पर्ने , प्राथमिकताका आधारमा बिकास का योजनाहरु निर्माण गर्नु पर्ने , सान्ती सुरक्षा अमन चयन कायम गर्नु पर्ने लगायतका माग राख्नुका साथै पार्टीले जिल्लाका हरेक काममा प्रभावकारी भुमिका खेलेको र क्रिया सिलताको हिसाबले सबै भन्दा अगाडी हुनुकासाथै नैतिकता र इमानदारीताको राजनितिमा अबब्ल भएको कुरा ज्ञापनपत्रमा उल्लेख गर्नुका साथै जिल्लामा हुने सर्बपछीय बैठकहरुमा उपस्थीत नगराएको मा ध्यानाकर्षण समेत गराइएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा राप्ती गाउपालिका अध्यक्ष केसबराज खनाल को नेतृत्वमा गएको टोलिले उक्त ज्ञापनपत्र बुझाएको हो ।साथै भ्रष्टाचार बिरोधि अभियान अन्तर्गत गाउपालिका , वाडाकार्यालय स्वास्थ्य चौकि लगायतका सरकारी कार्यालय मा कतै तपाई भ्रष्टाचार गरिरहनु भएको त छैन ? भन्ने होडिङबोड तथा पोस्टरहरु समेत टागियको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com