२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रहरीले स्टक गरी राखिएका अक्सिजन सिलिण्डर नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, बैशाख २५, २०७८

(रवि वर्णवाल)
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय रौतहटले स्टक गरि राखेको ४३ वटा अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसको महामारीमा अक्सिजनको अभाव भइरहँदा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्ने उद्देश्यले स्टक गरी राखेको अक्सिजन सिलिण्डर रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो ।

रौतहटको गरुडा, गौर, चन्दपुर लगायतका ७ स्थानबाट ७ किलो तौल भएको २८ वटा, १.५ किलो तौल भएका ३ वटा र ७ किला तौल भएका खाली अक्सिजन १२ वटा अक्सिजन सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रीत सिलिण्डरलाई स्वास्थ्य प्रयोजनमा प्रयोग गर्ने र गराउने तथा स्टक गर्नेहरुलाई आवश्यक कारवाहीका लागि अनुसन्धान अघि बढाइएको रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धिबिक्रम शाहीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]