२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

प्रहरीले स्टक गरी राखिएका अक्सिजन सिलिण्डर नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, बैशाख २५, २०७८

(रवि वर्णवाल)
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय रौतहटले स्टक गरि राखेको ४३ वटा अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसको महामारीमा अक्सिजनको अभाव भइरहँदा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्ने उद्देश्यले स्टक गरी राखेको अक्सिजन सिलिण्डर रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो ।

रौतहटको गरुडा, गौर, चन्दपुर लगायतका ७ स्थानबाट ७ किलो तौल भएको २८ वटा, १.५ किलो तौल भएका ३ वटा र ७ किला तौल भएका खाली अक्सिजन १२ वटा अक्सिजन सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रीत सिलिण्डरलाई स्वास्थ्य प्रयोजनमा प्रयोग गर्ने र गराउने तथा स्टक गर्नेहरुलाई आवश्यक कारवाहीका लागि अनुसन्धान अघि बढाइएको रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धिबिक्रम शाहीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]