०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

सल्यान अस्पतालमा एम्वुलेन्स नहुदा समस्या एम्वुलेन्स विग्रिएर थन्कियो

Logo
प्रकाशित आइतबार, बैशाख २६, २०७८

(ABC-Sanchar)
सल्यान । कोरोना भाइरस संक्रमणले संक्रमितसँगै मृत्युदर पनि बढ्दै गएपछि सल्यानमा शव व्यवस्थापनमा ठूलो चुनौति बनेको छ । जिल्लामा एउटा पनि शव वाहन नभएका कारण सक्रमणबाट मृत्यु भएका मानिसको लास बोक्ने साधन अभाव भएको त छनै जेनतेन टिम्परमा हालेर लगिएको शव गाड्ने र जलाउने कार्यमा समेत अवरोध हुन थालेपछि समस्या जटिल बनेको छ ।
गएको बुधबार जिल्ला अस्पताल सल्यानमा मृत्यु भएका एकजना बृद्धको शव १३ घण्टा सम्मपनि अस्पतालबाट दाहासस्कार गर्न लैजाने साधन नहुँदा लास ब्यवस्थापन हुन सकेन । स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले शव वाहनको व्यवस्था नहुदा कोरोना संक्रमण वाट निधन भएका ब्यक्तिलाई ब्यवस्थापनमा समस्या भएको बताउनुभयो । उहाका अनुसार स्वास्थ्य कार्यालय र यहाँका कुनै पनि स्थानीय तहमा शव वाहन नहुँदा समस्या भएको छ ।
अहिले जसोतसो शव ओसार्न टिप्परको प्रयोग गरिएको छ । सेना संग शव व्यवस्थापन गर्दा लगाउने पीपीइ लगायत सुरक्षा सामाग्री समेत छैन । सवुझ गण सिमर्खकका सह सेनानी दिपक वुढाथोकीले सेनाले आफै जोखिम मोलेर काम गरेको वताउनुभयो । उहाका अनुसार कोरोना संक्रमितको मुत्यू भएका छिटो सव ब्यवस्थापनमा सवारी साधन नहुना पनि समस्या भएको हो ।
कर्णाली प्रदेश सरकारले भने तत्कालका शव वाहन को व्यवस्था गर्न नसक्ने भन्दै सार्वजकि गाडी तथा अन्य गाडि भाडामा लिएर भएपनि शव व्यवस्थापन गर्न सकिने प्रदेश सरकारको भनाई छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले शव वाहन र एम्बुलेन्स अभाव भएको अस्पतालहरुमा पनि अहिले अन्य गाडी भाडामै लिएर चलाउनु पर्ने वताउनुभयो । उहाका अनुसार खरिद गर्दा समय लाग्छ भने भाडामा लिएर भएपनि प्रयोग गर्नु निर्देशन दिईएको छ ।
सल्यानमा शुक्रबार सम्म ११ जनाको मृत्यु भैसकेको छ भने ४५० भन्दा बढि संक्रमित छन । मृत्यु दरबढेपछि जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले शव व्यवस्थापनको लागि स्थानिय तहहरुले नै जिम्मा लिने निर्णय गरेको थियो । तर स्थानीयतहले शव व्यवस्थापन प्रति पटक्कै चासो दिएको पाईदैन ।
यस्तै जिल्ला अस्पतालमा भएको एम्बुलेन्स विग्रेको र नयाँ नहुदाँ समस्या भएको छ । कोरोना संक्रमित सँगै अन्य बिरामीहरुको अत्याधिक चाप हुने जिल्ला अस्पतालमा एम्बुलेन्स नहुदाँ नागरिकलाई सास्ती हुने गरेको छ ।
जिल्ला अस्पतालमा आकस्मिक उपचारका लागि आउने बिरामी तथा यहाँबाट रिफर हुने बिरामीले अस्पतालको एम्बुलेन्स नहुँदा महंगो शुल्क तिरेर अन्य एम्बुलेन्स तथा निजी सवारीसाधन रिजर्व गर्न बाध्य भएका छन् ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख दशरथ श्रेष्ठले १४ बर्ष अघि किनेको एम्बुलेन्स गतवर्ष नै बिग्रिएपछि अहिले अस्पतालको नाममा कुनै एम्बुलेन्स नभएको वताउनुभयो । उहाका अनुसार प्रदेश सरकारले अस्पतालकै बजेटले किन्नुहोस् भन्छ, नयाँ किन्नलाइ हामीसँग बजेट छैन् । एम्बुलेन्स बनाउने हो भने नयाँ किन्नेभन्दा धेरै पैसा खर्च हुने देखिएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

नवलपरासी । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएकोक नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक […]

error: Content is protected !!