२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बर्दियामा चितुवाको आक्रमणबाट २ जना घाइते आक्रमण गर्ने चिुतुवाको मृत्यु

Logo
प्रकाशित आइतबार, बैशाख २६, २०७८


(ABC-Sanchar)
बर्दिया । भारतीय सीमा नजिकै रहेको आफनै खेतबारीमा काम गरि रहेको अवस्थामा भारतको जंगलबाट आएको चितुवाको आक्रमणमा परि २ जना सर्वसाधरण किसान घाईते भएका छन् । वैशाख २६ गते बिहान ७ः ३ बजेको समयमा खेतवारीमा काम गर्दा बर्दियाको गुलरिया न.पा.१० कालाबन्जार बस्ने बर्ष ५० को ईद्रिसी बेहेनालाई चितुवाले एक्कासी आक्रमण गरेको थियो । आक्रमणमा परि बेहेनाको मुख,हात र शरिरको बिभिन्न भागमा चोट लागको छ ।

चितुवाले आक्रमण गरि रहेको अवस्थामा सोही ठाउँका बर्ष ३० सफिक बेहेनाले चितुवाको आक्रमणबाट ५० को ईद्रिसी बेहेनालाई छुट्टाउन खोज्दा निजको पनि हात,ढाडमा चोट लागको छ ।

दुबै जना घाईतेलाई उपचारको लागी बर्दिया अस्पताल गुलरिया तर्फ पठाईएको बर्दिया प्रहरी प्रमुख एसपी इश्वर कार्कीले बताउनु भयो ।
मानिसलाई आक्रमण गरेको केही बेरमा चितुवा मृत अवस्थामा फेला परेको छ । डिभीजन वन कार्यालय संग समन्वय गरि घटनास्थलमा प्रहरी नायब निरीक्षक खडक डाँगीको कमाण्डमा ४ जनाको टोली खटि गएको एसपी कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]