२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

नेपाल आयाल निगमको कार्यालय हप्ताको ३ दिनमात्रै खुल्ने

Logo
प्रकाशित आइतबार, बैशाख २६, २०७८


(रवि वर्णवाल)
वीरगञ्ज । नेपाल आयल निगमको प्रादेशिक कार्यालय अमलेख गञ्जबाट अब हप्ताको ३ दिनमात्र सेवा प्रवाह हुने भएको छ ।

कोरोना भाइरसको संक्रमणकालिन अवस्थामा पनि पेट्रोलियम पदार्थ जस्तो अत्यावश्यक वस्तुको अविछिन्न आयात तथा वितरण गर्दै आएको कार्यालयले अब हप्ताको आइतवार, बुधवार र शुक्रवार मात्र कार्यालय सञ्चालन गर्ने एक सूचना जारी गरी जानकारी गराएको छ ।

दोस्रो चरणको संक्रमण तिव्र गतिमा फैलिएको संक्रमणका कारण कर्मचारी लगायत सम्बन्धित सबैको स्वास्थ्यलाई मध्यनजर गर्दै हप्ताको ३ दिनमात्रै सञ्चालन हुने प्रादेशिक कार्यालयका प्रमुख ई.प्रदिप कुमार यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!