२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

पास बिनाको ४ वटा बसलाई चिसापानीबाट प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, बैशाख २७, २०७८


(सर्मिला बोगटी)
धनगढी । निधेषाज्ञाको समयमा विनापासमा चलेका ४ वटा यात्रुबहाक बसलाई कैलालीको चिसापानीबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा डिएसपी भरत चौधरीका अनुसार धनगढीबाट काठमाडौं जाने र काठमाडौंबाट आउने ४ वटा बसलाई नियन्त्रणमा लिएको हो।

चिसापानीमा आवतजावतका लागि बनाएको सवारी पास चेकजाँच गर्ने क्रममा ४ वटा गाडीले पास नबनाएर चलाएको फेला परेका हुन्। प्रहरीले ना ४ ख ४१४, ना ७ ख ४०२, ना ७ ख ५२६३ र ना ८ ख ४९९७ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय भित्र होल्डमा राखिएका छन्।

निषेधाज्ञाको समयमा विना पासमा चलाएको भन्दै प्रहरीले नियन्त्रण लिएर कारवाही गर्ने बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!