०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

बाँकेमा जेठ ३ गतेसम्म लकडाउन

Logo
प्रकाशित सोमबार, बैशाख २७, २०७८


(महेन्द्र प्रताप सिंह)
बाँके । लकडाउनको अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको समय अवधि बढाएको हो ।

गत बैशाख १३ गते मध्यरातीबाट जिल्लाभर जारी गरीएको निषेधाज्ञाको समय अबधि आज राती समाप्त हुँदै थियो ।कोरोना भाइरस संक्रमण भयावह बन्दै गएपछि प्रशासनले पुन: निषेधाज्ञाको अवधि लम्बाएर आउँदो जेठ ३ गते राती १२ बजेसम्मका लागि थप गरेको छ ।

जिल्लामा निषेधाज्ञा जारी गरिएता पनि कोरोना संक्रमण दर र मृत्यु दर भने झनझन बढ्दै गइरहेको छ । जिल्लाका अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

नवलपरासी । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएकोक नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक […]

error: Content is protected !!