२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बर्दियामा श्रोत नखुलेको १७ लाख ५० हजार भारतिय रूपैया सहित एकजना पक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख २७, २०७८

 

(महेन्द्र प्रताप सिंह)
बर्दिया । ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं.४ सत्तीघाटमा चेकजाँच गर्ने क्रममा कैलालीबाट राजापुर तर्फ आउँदै गरेको जिल्ला कैलाली टिकापुर न.पा.वडा नं. १ बस्ने बर्ष २९ को गोपाल चौधरीले चलाई ल्याएको सु.प.प्र. ०१००८ प ८१४५ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा निज गोपाल चौधरीले पछाडी बोकेको कालो रङ्गको छालाको जस्तो देखिने झोला खोली हेर्दा प्लाष्टिकको २ वटा पोकामा स्रोत नखुलेको भारतिय रूपैया १७,५०,०००/-(अक्षरेपी रू. सत्र लाख पचास हजार) फेला पारी उक्त रुपैया, निजले प्रयोग गरेको मोटरसाईकल थान-१, ल्यापटप थान-१ मोबाईल थान-१, सिमकार्ड NTC र Ncell थान १/१ सहित पक्राउ गरी कानून बमोजिमको बरामद कार्य पुरा गरी आवश्यक कारवाहीको लागि मिति २७ गते राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]