२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

बर्दियामा श्रोत नखुलेको १७ लाख ५० हजार भारतिय रूपैया सहित एकजना पक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख २७, २०७८

 

(महेन्द्र प्रताप सिंह)
बर्दिया । ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं.४ सत्तीघाटमा चेकजाँच गर्ने क्रममा कैलालीबाट राजापुर तर्फ आउँदै गरेको जिल्ला कैलाली टिकापुर न.पा.वडा नं. १ बस्ने बर्ष २९ को गोपाल चौधरीले चलाई ल्याएको सु.प.प्र. ०१००८ प ८१४५ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा निज गोपाल चौधरीले पछाडी बोकेको कालो रङ्गको छालाको जस्तो देखिने झोला खोली हेर्दा प्लाष्टिकको २ वटा पोकामा स्रोत नखुलेको भारतिय रूपैया १७,५०,०००/-(अक्षरेपी रू. सत्र लाख पचास हजार) फेला पारी उक्त रुपैया, निजले प्रयोग गरेको मोटरसाईकल थान-१, ल्यापटप थान-१ मोबाईल थान-१, सिमकार्ड NTC र Ncell थान १/१ सहित पक्राउ गरी कानून बमोजिमको बरामद कार्य पुरा गरी आवश्यक कारवाहीको लागि मिति २७ गते राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम […]

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् । हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । उनले […]

error: Content is protected !!