(ABC-Sanchar)
दाङ । कोरोना बिशेष अस्पताल बेलझुण्डीबाट १४ संक्रमितले कोरोना जितेर घर फर्किएका छन् । अस्पतालका व्यबस्थापक दोर्ण ओलीका अनुसार सोमबार तुलसीपुरका ९ जना, घोराहीका २ जना, शान्तिनगरका २ जना र सल्यान छत्रेश्वरीका १ जनाले कोरोना जितेका हुन् ।
त्यस्तै अस्पतामा आज थप १७ जना भर्ना भएका छन् । तुलसीपुरका १०, घोराहीका ४, दंगीशरण, शान्तिनगर र गढवाका १/१ जना भर्ना भएका छन् । अहिले अस्पतालमा ६७ जनाको उपचार भइरहेको छ । जसमध्ये पाँचजना आईसियुमा छन् ।