०३ बैशाख २०८१, सोमबार
15-04-2024 , Mon
×

सर्जिकल मास्क ५ रुपैया भन्दा बढ़ी मुल्येमा बेच्नेलाई कार्वाही

Logo
प्रकाशित मंगलबार, बैशाख २८, २०७८

(ABC-Sanchar)
काठमाडौं । सर्जिकल मास्क पाँच रुपियाँ भन्दा वढिमा नवेच्न निर्देशन दिएको छ । विहान वजार अनुगमनका क्रममा दुई देखि तीन रुपियाँ खरिद मूल्य रहेको मास्क पाँच रुपियाँ भन्दा वढि मूल्मा नवेच्न निर्देशन हो । जिल्ला प्रशासन कार्यालय,उपभोक्ता अधिकारकर्मी,प्रहरी र संचारकर्मी सहितको टोलीले अनुगमन गर्दा १० रुपियाँमा वेच्ने गरेको पाइएको छ । अनुगमनका क्रममा मास्क खरिद मूल्य भन्दा पाँच गुणा सम्म वढिमा वेच्ने गरेको पाइएको इटहरी उपमहानगर राजश्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले जानकारी दिनुभयो ।

९० रुपियाँ खरिद मूल्य रहेको सेनिटाइजर १सय ६५ रुपियाँमा वेचेको पाइएको छ । राजश्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले तत्काललाई वढि मुनाफा राखेर नवेच्न सचेत गराइएको,सर्जिकल माक्स पाँच रुपियाँ भन्दा वढिमा नवेच्न निर्देशन दिइएको वताउनुभयो । निर्देशन पालना गराउन थप कडाइका साथ अघि वढने भटटराईले वताउनुभयो । खरिद मूल्य र अधिकतम विक्री मूल्यको अन्तर धेरै पाइएकाले अव उद्योगमै पुगेर समेत अनुगमन गरिने उहाँले वताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

      (धर्मेन्द्र कुमार कुर्मी ) कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान गरिएको छ । गाउँपालिकाकाे ७ नम्बर वडा कार्यालय गणेशपुरले जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान-पत्रले सम्मान गरेकाे छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बिहिबार एक कार्यक्रमबीच जग्गा दाताहरुलाई सम्मान-पत्रले सम्मान गरेका हुन् । यसैबीच वडाकाे डिजिटल बाेर्ड र नवनिर्मित वडा […]

(एबिसि संचार )                                                                सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा बम विष्फोट भएको छ । गएराति १ बजेतिर टावरमा प्रेशर कुकर बम विष्फोट भएको जिल्ला […]

(एबिसि संचार ) पोखरा महानागरपलिकाकी सबइन्जिनियरसहित दुई जना जनासेवाग्रहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सबइन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डेढ लाख […]