०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

कोरोना जित्नेको संख्या ३ लाख ६७ हजार नाघ्यो संक्रमणमुक्त हुदै

Logo
प्रकाशित मंगलबार, बैशाख २८, २०७८

(ABC-Sanchar)
काठमाडौं । नेपालमा कोरोना भाइरसलाई पराजित गर्नेको संख्या ३ लाख ६७ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ७ सयजना कोरोनासंक्रमण मुक्त भएसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ३ लाख ६७ हजार ९४ पुगेको छ । हाल नेपालको संक्रमण मुक्त तथा निको हुने दर ७६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार २ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । देशैभर १७ हजार ६ सय २३ जनाको पीसीआर र ७ सय ८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९ हजार २ सय ७१ जनामा संक्रमण पुष्ठि भएको हो ।

योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ जना पुगेको छ । हाल नेपालमा ९३ हजार १ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् ।

सोही अवधिमा देशैभर १ सय ३९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।
योसहित अहिलेसम्म ३ हजार ८ सय ५९ जनाले ज्यान गुमाएका छन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!