२९ माघ २०८१, मंगलबार
11-02-2025 , Tue
×

पूर्व रानी कोमलको स्वास्थ्य सुधार पुर्व राजा ज्ञानेन्द्र काेराेना मुक्त

Logo
प्रकाशित मंगलबार, बैशाख २८, २०७८

(ABC-Sanchar)
काठमाडौं । कोरोना संक्रमणका कारण नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ ।

कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उहाँको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उहाँलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । उहाँको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ ।

यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्थामा निकै सुधार भएको छ । उहाँको दुई दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहनुभएका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ । उहाँको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल प्रहरी प्रधान कार्यालय,नक्साल काठमाण्डौका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईद्वारा दाङ राप्‍ती गाँउपालिका वडा नं. ५ स्थित ईलाका प्रहरी कार्यालय सिसहनिया दाङको परिसरमा नव-निर्मित कार्यालय भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि एआईजी राईद्वारा ईलाका प्रहरी कार्यालय सिसहनियाको अवलोकन निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको मातहत समेतबाट सम्पादन गरिएका कार्यसम्पादनहरुको समिक्षा एवं आगामी कार्ययोजना सम्बन्धि छलफल गरीएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की लागायत बाँके जिल्ला मातहत प्रहरी इकाई प्रमुखहरुको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

  काठमाडौं । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले ‘ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशीलाई उन्मुक्ति दिइएको’ विषयमा प्रश्न गर्दा एसएसपी अधिकारीले भने, ‘हामीलाई पार्टीसँग कुनै सरोकार छैन।’ उनले घटनामा संलग्न पाँच जनामाथि अनुसन्धान अघि बढाइएको र थप संलग्नता देखिए ‘एक हजार प्रतिशत कारबाही’ गरिने प्रतिबद्धता जनाए। गत बिहीबार नेकपा […]

error: Content is protected !!