१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

पूर्व रानी कोमलको स्वास्थ्य सुधार पुर्व राजा ज्ञानेन्द्र काेराेना मुक्त

Logo
प्रकाशित मंगलबार, बैशाख २८, २०७८

(ABC-Sanchar)
काठमाडौं । कोरोना संक्रमणका कारण नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ ।

कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उहाँको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उहाँलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । उहाँको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ ।

यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्थामा निकै सुधार भएको छ । उहाँको दुई दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहनुभएका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ । उहाँको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उर्लाबारी । इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीको इतिहासमा पहिलोपटक महिला नेतृत्व आएको छ । सोमबारदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने भएकी छन् । उपत्यका प्रहरी कार्यालय, उजुरी छानबिन तथा मानवअधिकार शाखा रानीपोखरी, काठमाडौंबाट सरुवा भई आएकी वलीलाई प्रहरी संगठनभित्र कुशल र परिणाममुखी अधिकृतका रूपमा चिनिन्छ । यसअघि कार्यरत इन्सपेक्टर रञ्जन बरालको […]

काठमाडौं । सशस्त्र प्रहरी बलमा भावी संगठन प्रमुख अर्थात् प्रहरी महानिरीक्षकका लागि दौड सुरु भएको छ । हालका आईजीपी राजु अर्याल अवकाशमा जान लागेपछि भावी आईजीपीका लागि प्रतिस्पर्धा सुरु भएको हो । अर्याल वैशाख १८ मा सशस्त्र प्रहरी बलको चारवर्षे कार्यकाल पूरा गरेर अवकाशमा जान लागेका छन् । उनी अवकाशमा गएपछि आईजीपीमा उनीसँगै एकैपटक भर्ना […]

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाबीच प्रहरी कार्यालय तथा हतियार जोगाउन महत्वपूर्ण भूमिका खेलेका प्रहरी अधिकारीहरूलाई पुरस्कार सिफारिस गरिएको छ।पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई पुरस्कारका लागि सिफारिस गरेको हो। आयोगको प्रतिवेदनअनुसार सिफारिस गरिएका डीएसपीहरूमा जिल्ला प्रहरी कार्यालय कास्कीका हरिबहादुर बस्नेत, कालिमाटी प्रहरी वृत्तका मधु थापा, मालिगाउँ वृत्तका […]

error: Content is protected !!