०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

कोरोना संक्रमितलाई उपचारबाट बञ्चित नगर्न बाँके कांग्रेसको आग्रह

Logo
प्रकाशित मंगलबार, बैशाख २८, २०७८


(ABC-Sanchar)
बाँके । नेपालगन्ज नेपाली कांग्रेस बाँकेले कोरोना संक्रमित बिरामी कसैलाई पनि उपचारबाट बञ्चित नगर्न आग्रह गरेको छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई मंगलबार ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले यस्तो आग्रह गरेको हो । अक्सिजनले धान्न नसकेको भन्दै अस्पतालले बिरामीलाई भर्ना समेत नलिएको भन्ने समाचारहरु सुन्नमा आएको भन्दै कसैलाई पनि स्वास्थ्य उपचारबाट बञ्चित नगर्न र सबै नागरिकका लागि उपचारको सम्पुर्ण प्रबन्ध मिलाउनुपर्ने कांगे्रसको माग छ ।
अस्पतालमा कतिपय कोरोना संक्रमित बिरामीले सहज रुपमा उपचार सेवा पाउन नसकेको, भर्ना हुनका लागि घण्टौं समयसम्म प्रतिक्षा गर्नु परिरहेको, बिरामी भर्नामै पक्षपात हुने गरेको, पहुँच नपुगेका र अस्पतालमा समयमै भर्ना हुन नपाएका बिरामीले ज्यानै गुमाउनु परिरहेको जनगुनासो ब्यापक रुपमा आइरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ । कोरोना महामारीको निहुँमा नेपालगन्जका अस्पतालमा नन–कोभिड बिरामीले समेत उपचार नपाईरहेको गुनासो आइरहेको अवस्थामा सबै स्वास्थ्य समस्या भएका बिरामीलाई सहज रुपले उपचारको ब्यवस्था मिलाउन पनि अनुरोध गरेको छ । अस्पतालमा अक्सिजन, औषधी, स्वास्थ्यकर्मी र प्राविधिकको दिर्घकालिन ब्यवस्थापन गर्न तथा रेम्डिसिबिर औषधी, स्यानिटाइजर, मास्क तथा खाद्यान्न र तरकारीमा कालोबजारी नियन्त्रण गर्न कांग्रेसले आग्रह पनि गरेको छ ।
कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार ब्यवस्था मिलाउनुका साथै पिसिआर परिक्षणको कामलाई सहज र छिटो, छरितो बनाउन तथा स्थानीय तह(पालिकास्तर)सम्म स्वाब संकलनको ब्यवस्था चाडो मिलाउन र अक्सिजन, औषधी र दक्षजनशक्ति सहितको आइसोलेसन स्थापना गर्ने कार्यलाई जोड दिनुपर्ने जनाइएको छ । नयाँ भेरियन्टसहित तिब्र रुपमा फैलिरहेको कोरोना भाईरस(कोभिड–१९) को महामारीले बाँकेमा भयावह स्थिती उत्पन्न भइरहेको अवस्थामा दिनहुँ बढिरहेको कोरोना संक्रमण र मृत्युले पार्टीलाई स्तब्ध बनाएको कांगे्रेसले उल्लेख गरेको छ । ध्यानाकर्षण पत्र बुझाउँदै जिल्ला सभापति किरण कोईरालाले कोरोना संक्रमितको उपचार, पिसिआर परिक्षणको दायरालाई बढाउन सुझाव दिईन् ।
कोरोना संक्रमितको उपचारका लागि आवश्यकता परेमा कांग्रेस बाँकेले नेपालगन्जस्थित आफ्नो पार्टी कार्यालयलाई आईसालेसन सेन्टर बनाउन दिने उनले सुनाईन् । ‘कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै हामीले बाँके जिल्लालाई स्वास्थ्य आपतकाल घोषणा गर्न यसअघि नै माग गरिसकेका छौं, आफ्नो पार्टी कार्यालयलाई पनि आईसोलेसन सेन्टरको प्रयोग गर्न दिने निर्णय पनि गरेका छौं उनले भनिन् । सो क्रममा जिल्ला सचिव तप्त पौडेल, क्षेत्रीय सभापति रमेश गुप्ता, महासमिति सदस्य मेघराज ओली र जिल्ला कार्यसमिति सदस्य सुधान्सु कोईरालाले पनि प्रमुख जिल्ला अधिकारी गेलाललाई कोरोना संक्रमण नियन्त्रणबारे महत्वपुर्ण सुझाव दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

नवलपरासी । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएकोक नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक […]

error: Content is protected !!