०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

कंचनपुर सशस्त्र प्रहरीले लाखौंको अवैध सामानहरु पक्राउ

Logo
प्रकाशित बुधबार, बैशाख २९, २०७८


(सर्मिला बोगटी)
धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीले १ लाख बढीको अवैध सामान बरामद गरेको छ। ब्रह्मदेव र दोधारा चाँदनीबाट खटिएको टोलीले १ लाख ११ हजार बराबरको सालको गुड, युरीया, मोटरसाइकल र काठ बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्टबाट खटिएको टोलीले निषेधाज्ञाको उल्लघङ्न गरी अवैध रूपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सो सामान बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरी बल कञ्चनपुरले बरामद गरिएका सामानहरूलाई आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र डिभिजन वन कार्यालयमा बुझाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुलसीपुरमा छाडा पशु व्यवस्थापन चुनौती बनेको छ। छाडा पशु चौपायाका कारण सवारी दुर्घटनाको जोखिम मात्र होइन किसानहरूको बाली समेत नोक्सान गरेका छन्। यसको व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले आदियोगी आदित्यनाथ र तुलसी गौशाला निर्माण गर्दा पनि व्यवस्थापन गर्न नसक्दा त्यहाँको अवस्था जीर्ण रहेको छ। उपमहानगरपालिकाले गाई गोरु व्यवस्था सम्बन्धी ठोस निर्णय कानुन निर्माण तथा […]

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

error: Content is protected !!