२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँके प्रहरीले रेमडिसिभरको अवैध कारोबार गर्ने २ जनालाई पक्राउ

Logo
प्रकाशित बुधबार, बैशाख २९, २०७८

 

(महेन्द्र प्रताप सिंह)
बाँके । नेपालगन्जमा खुलेआम रेमिडसरभरको अवैध कारोबार गर्दागर्दै प्रहरीले दुईजनालाई रगेँहात पक्राउ गरेकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ८ का २३ वर्षिय मोहम्मद जावेद अन्सारी र नेपालगन्ज– ११ विपी चोकका २५ वर्षिय हारुन अंशु नामक दुई युवालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज वडा नम्बर– ११ सृष्टि हल नजिक सडकमै अवैधरुपमा रेमडिसिभरको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिरिएको हो । कोरोना भाइरस संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेमडिसिभरको ती दुई युवाले प्रति रेमडिसिभर २५ हजारका दरले दुई थानको ५० हजार रुपैयाँमा विक्री गर्दैगर्दा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ । पक्राउ परेका दुईजना युवालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको एसपी रानाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]