०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

बाँके प्रहरीले रेमडिसिभरको अवैध कारोबार गर्ने २ जनालाई पक्राउ

Logo
प्रकाशित बुधबार, बैशाख २९, २०७८

 

(महेन्द्र प्रताप सिंह)
बाँके । नेपालगन्जमा खुलेआम रेमिडसरभरको अवैध कारोबार गर्दागर्दै प्रहरीले दुईजनालाई रगेँहात पक्राउ गरेकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ८ का २३ वर्षिय मोहम्मद जावेद अन्सारी र नेपालगन्ज– ११ विपी चोकका २५ वर्षिय हारुन अंशु नामक दुई युवालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज वडा नम्बर– ११ सृष्टि हल नजिक सडकमै अवैधरुपमा रेमडिसिभरको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिरिएको हो । कोरोना भाइरस संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेमडिसिभरको ती दुई युवाले प्रति रेमडिसिभर २५ हजारका दरले दुई थानको ५० हजार रुपैयाँमा विक्री गर्दैगर्दा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ । पक्राउ परेका दुईजना युवालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको एसपी रानाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!