(रवि वर्णवाल)
बिरगंज । आदर्शनगर चोकबाट स्रोत खुल्न नसकेको ८२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीनजना भारतीय नागरिक र एकजना नेपाली छन् ।
बाराको महागढी नगरपालिका-४ का १८ वर्षीय कलामुद्दिन अन्सारी, भारतको मोतिहारी जिल्ला रक्सौल-१८ का २७ वर्षीय विकास कुमार, रक्सौल-९ का २२ वर्षीय गुड्डु कुमार र रक्सौल-५ का १८ वर्षीय साहिल गुप्ता पक्राउ परेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।