२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

तनहुँको पृथ्वीराजमार्गमा ट्रक दुर्घटनमा दुई जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, बैशाख ३०, २०७८

(ABC-Sanchar)
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका–४ म¥याङ्दी जलविद्युत केन्द्र नजिकै मङ्गलबार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मुग्लिङबाट आबुखैरेनी जाँदै गरेको गरेको ना३ख ९९७३ न.को ट्रक सडकबाट करीव १०० मिटर तल मरस्र्याङदी नदीमा खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा प्रहरी सहायक निरीक्षक मेघनाथ पौडेलले जानकारी दिनुभयो ।
ट्रकका चालक बाग्लुङको गल्कोट न.पा ८ बस्ने बर्ष ३७ को जय कंडेल सहचालक सोही ठाउँका बर्ष ३५ को मिन कंडेल को घट्नास्थलमा नै मृत्यु भएको
दुर्घटनामा नदीमा खसेको ट्रक ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]