२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अक्सिजनेशन र भेन्टिलेटरमा जानु नपर्ने अभियान सिकाउदै नेपाल प्रहरी

Logo
प्रकाशित बिहिबार, बैशाख ३०, २०७८


ABC (क्राईमबिट)
काठमाडाैं । अहिले देशमा काेभिड १९ काे महामारीले कैयाैं नेपालीकाे ज्यान लिइरहेकाे छ । महामारीले हाम्राे देशकाे स्वास्थ्यका संरचना र भाैतिक साधन, श्राेत जन शक्तिकाे व्यवस्थापनका बारेमा निकै गम्भीर बन्नु पर्ने शिक्षा पनि दिएकाे छ ।

अहिलेका लागि स्वास्थ्यका अन्य साधान भन्दा पनि काेराेना पीिडतकाे जीवन रक्षाका लागि जरूरी भएकाे अक्सीजनकाे अभाव प्रमुख समस्याका रूपमा अगाडि आएकाे छ । अक्सीजन बेलैमा नपाएर काेराेना पीडितहरूकाे ज्यान गएकाे गुनासाे जताततै सुनिन्छ ।

काठमाडौंमा मात्रै दैनिक १५ हजार लिटर अक्सिजनको माग रहेकाे बताइन्छ । तर हाम्रो अक्सिजन उत्पादन क्षमता ८ हजार लिटर मात्रै रहेकाे र सात हजार लिटर अक्सिजन नपुग भएबाट हाहाकार मच्चिन गएकाे छ । ।

अर्बाैं, कराेडाैं खर्च गरेर काठमाडौंका ठूला अस्पताल बने पनि यस्ता अस्पतालसँग अक्सिजनकाे आफ्नो प्लान्ट नै छैन । अक्सिजनकाे अभाव नै अहिले प्रमुख समस्या भएको कारण पनि यही हो ।

काेराेनाका सामान्य विरामीका लागि भने प्राकृतिक रूपमा शरीर अक्सिजन सहज बनाउने उपाए चिकित्सक र जनस्वास्थ्यविद्ले सिकाएका छन् । यस्ताे प्राकृतिक रूपमा लिइने अक्सिजनले निकै राहत पुर्याउने कुरा बुद्धिजीवी बाबुलाल भण्डारीले फेसबुक पेजमा यसरी लेखेका छन्-” कोभिड संक्रमण भएका बिरामीमा रेस्परेट्री डिस्ट्रेस अथवा श्वासलिन कठिनाई भए उत्तानो (Supine) पल्टिनुको सट्टा घोप्टो (Prone अर्थात् पेट तलपर्ने) आसनमा सुत्दा हल्का हुने रहेछ । कैयौंलाई त यत्तिले मात्र पनि राम्रो अक्सिजनेशन हुने र भेन्टिलेटरमा जानु नपर्ने पनि हुनसक्छ भन्दा रहेछन् । ”
घाँटी पेट भन्दा अलिक तल नाइटाे भन्दा मुनि र गाेडामा तकिया राखेर (हेर्नुस् प्रहरीकाे तस्बिर) घोप्टो (Prone अर्थात् पेट तलपर्ने) आसनमा सुत्दा हल्का हुने तरिका महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी कर्मचारीहरुलाई तालिम दिइएकाे छ । फाेटाेमा देखाएकाे तरिका अपनाएमा श्वास प्रश्वासमा सामान्य कठिनाई भएको समयमा प्राकृतिक रुपमा अक्सिजन बृद्धिका लागि गरिने Breathing Exercise, योगाभ्यास र अपनाउने आसनका विधिहरु सम्बन्धी जानकारीलाई व्यापक बनाउन सके पनि श्वास प्रश्वासमा सामान्य कठिनाईबाट राहात पुग्ने र अस्पताल पुग्नु नपर्ने अवस्था पनि आउन सक्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]