०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

अक्सिजनेशन र भेन्टिलेटरमा जानु नपर्ने अभियान सिकाउदै नेपाल प्रहरी

Logo
प्रकाशित बिहिबार, बैशाख ३०, २०७८


ABC (क्राईमबिट)
काठमाडाैं । अहिले देशमा काेभिड १९ काे महामारीले कैयाैं नेपालीकाे ज्यान लिइरहेकाे छ । महामारीले हाम्राे देशकाे स्वास्थ्यका संरचना र भाैतिक साधन, श्राेत जन शक्तिकाे व्यवस्थापनका बारेमा निकै गम्भीर बन्नु पर्ने शिक्षा पनि दिएकाे छ ।

अहिलेका लागि स्वास्थ्यका अन्य साधान भन्दा पनि काेराेना पीिडतकाे जीवन रक्षाका लागि जरूरी भएकाे अक्सीजनकाे अभाव प्रमुख समस्याका रूपमा अगाडि आएकाे छ । अक्सीजन बेलैमा नपाएर काेराेना पीडितहरूकाे ज्यान गएकाे गुनासाे जताततै सुनिन्छ ।

काठमाडौंमा मात्रै दैनिक १५ हजार लिटर अक्सिजनको माग रहेकाे बताइन्छ । तर हाम्रो अक्सिजन उत्पादन क्षमता ८ हजार लिटर मात्रै रहेकाे र सात हजार लिटर अक्सिजन नपुग भएबाट हाहाकार मच्चिन गएकाे छ । ।

अर्बाैं, कराेडाैं खर्च गरेर काठमाडौंका ठूला अस्पताल बने पनि यस्ता अस्पतालसँग अक्सिजनकाे आफ्नो प्लान्ट नै छैन । अक्सिजनकाे अभाव नै अहिले प्रमुख समस्या भएको कारण पनि यही हो ।

काेराेनाका सामान्य विरामीका लागि भने प्राकृतिक रूपमा शरीर अक्सिजन सहज बनाउने उपाए चिकित्सक र जनस्वास्थ्यविद्ले सिकाएका छन् । यस्ताे प्राकृतिक रूपमा लिइने अक्सिजनले निकै राहत पुर्याउने कुरा बुद्धिजीवी बाबुलाल भण्डारीले फेसबुक पेजमा यसरी लेखेका छन्-” कोभिड संक्रमण भएका बिरामीमा रेस्परेट्री डिस्ट्रेस अथवा श्वासलिन कठिनाई भए उत्तानो (Supine) पल्टिनुको सट्टा घोप्टो (Prone अर्थात् पेट तलपर्ने) आसनमा सुत्दा हल्का हुने रहेछ । कैयौंलाई त यत्तिले मात्र पनि राम्रो अक्सिजनेशन हुने र भेन्टिलेटरमा जानु नपर्ने पनि हुनसक्छ भन्दा रहेछन् । ”
घाँटी पेट भन्दा अलिक तल नाइटाे भन्दा मुनि र गाेडामा तकिया राखेर (हेर्नुस् प्रहरीकाे तस्बिर) घोप्टो (Prone अर्थात् पेट तलपर्ने) आसनमा सुत्दा हल्का हुने तरिका महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी कर्मचारीहरुलाई तालिम दिइएकाे छ । फाेटाेमा देखाएकाे तरिका अपनाएमा श्वास प्रश्वासमा सामान्य कठिनाई भएको समयमा प्राकृतिक रुपमा अक्सिजन बृद्धिका लागि गरिने Breathing Exercise, योगाभ्यास र अपनाउने आसनका विधिहरु सम्बन्धी जानकारीलाई व्यापक बनाउन सके पनि श्वास प्रश्वासमा सामान्य कठिनाईबाट राहात पुग्ने र अस्पताल पुग्नु नपर्ने अवस्था पनि आउन सक्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!