२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

वीरगञ्जका सबै बैंकहरुले २ गते देखि क्यास कारोबार बन्द गर्ने

Logo
प्रकाशित बिहिबार, बैशाख ३०, २०७८

(रवि वर्णवाल)
वीरगञ्ज । कोभिड सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै वीरगञ्जका सम्पूर्ण बैंकले नगद (क्यास) कारोबार बन्द गर्ने निर्णय गरेका छन् ।

वीरगञ्ज बैंकर्स ग्रुपले बिहिबार एउटा सूचना जारी गर्दै आइतबारदेखि यहाँ सञ्चालित सम्पूर्ण बैंकबाट प्रवाह हुने क्यास कारोबार बन्द हुने जनाएको हो ।

आउने आइतबारदेखि शुक्रबारसम्म वीरगञ्जको कुनै बैंकमा पैसा जम्मा, चेक साटेर पैसा निकाल्ने काम नगर्ने निर्णय गरिएको नबिल बैंकका शाखा प्रबन्धक सन्तोष साहले जानकारी दिए ।

कोभिडबाट बैंकका कर्मचारीहरु सङ्क्रमित हुनथालेपछि कर्मचारी र सेवाग्राहीको स्वास्थ्य लाई ध्यानमा राखेर ग्रुपले यस्तो निर्णय गरेको साहले बताए ।

यद्दपी, चेक क्लियारिङ, आरटीजीएस, आईपीएस, एलसी र भन्सार सम्बन्धि जस्ता महत्वपूर्ण कामहरु नरोकिने उनले बताए ।
ग्रुपले सेवाग्राहीलाई विद्युतीय कारोबारलाई प्राथमिकता दिन प्रशासनले सबैलाई आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]