०१ माघ २०८१, मंगलबार
14-01-2025 , Tue
×

वीरगञ्जका सबै बैंकहरुले २ गते देखि क्यास कारोबार बन्द गर्ने

Logo
प्रकाशित बिहिबार, बैशाख ३०, २०७८

(रवि वर्णवाल)
वीरगञ्ज । कोभिड सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै वीरगञ्जका सम्पूर्ण बैंकले नगद (क्यास) कारोबार बन्द गर्ने निर्णय गरेका छन् ।

वीरगञ्ज बैंकर्स ग्रुपले बिहिबार एउटा सूचना जारी गर्दै आइतबारदेखि यहाँ सञ्चालित सम्पूर्ण बैंकबाट प्रवाह हुने क्यास कारोबार बन्द हुने जनाएको हो ।

आउने आइतबारदेखि शुक्रबारसम्म वीरगञ्जको कुनै बैंकमा पैसा जम्मा, चेक साटेर पैसा निकाल्ने काम नगर्ने निर्णय गरिएको नबिल बैंकका शाखा प्रबन्धक सन्तोष साहले जानकारी दिए ।

कोभिडबाट बैंकका कर्मचारीहरु सङ्क्रमित हुनथालेपछि कर्मचारी र सेवाग्राहीको स्वास्थ्य लाई ध्यानमा राखेर ग्रुपले यस्तो निर्णय गरेको साहले बताए ।

यद्दपी, चेक क्लियारिङ, आरटीजीएस, आईपीएस, एलसी र भन्सार सम्बन्धि जस्ता महत्वपूर्ण कामहरु नरोकिने उनले बताए ।
ग्रुपले सेवाग्राहीलाई विद्युतीय कारोबारलाई प्राथमिकता दिन प्रशासनले सबैलाई आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  धनगढी । ह्याकरले बोर्डमा ‘आई लभ यू चित्रा’ लेखेर सन्देश सार्वजनिक गरेका छन्। प्रहरी कार्यालयको यो बोर्डमा देखिएको सन्देशको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसले प्रहरी कार्यालयको साइबर सुरक्षा प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीका अनुसार घटना कसले र कसरी गर्यो भन्नेबारे अनुसन्धान भइरहेको छ। स्थानीयबासी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्तो कार्यलाई […]

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका प्रहरी उपरीक्षक (एसपी) हरूलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा गरिएको छ । आज बसेको बढुवा समितिको बैठकले गरेको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ को नियम २७ को उप(नियम (४) अनुसार २५ जना प्रहरी उपरीक्षकहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो। बढुवा सूची अनुशार पहिलो नम्बरमा रमेश […]

  काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा, प्रहरी बृत चापागाँउ ललितपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लको अध्यक्षता, प्रहरी वृत्त चापागाउँ ललितपुरको क्षेत्राधिकार भित्र पर्ने वडा एरियाका स्थानीय पालिका प्रमुख तथा जन प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, भद्र भलादमी, नागरिक समाज, मानव अधिकार […]

error: Content is protected !!