०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

हट्यो एम्बुलेन्समा शव बोक्नुपर्ने बाध्यता शव बहानले मात्र बोक्ने

Logo
प्रकाशित बिहिबार, बैशाख ३०, २०७८

(ABC-Sanchar)
गलकोट । बागलुङमा कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले अस्थायी शव बाहनको व्यवस्थापन गरेको छ । यससँगै जिल्लामा पहिलोपटक शव बाहनको व्यवस्थापन भएको छ ।

नगरपालिकाले तीन महिनाका लागि रु चार लाख ५० हजार भुक्तानी दिने गरी अस्थायी शव बाहनको व्यवस्थापन गरेको हो । जिल्लामा शव वाहन नहुँदा कोरोना महामारीमा शव व्यवस्थापनमा निकै चुनौती बन्दै आएको थियो ।

नगरपालिकाले खरिद गर्न थालेको नयाँ शव बाहन नआउञ्जेल अस्थायीरूपमा शव बाहन व्यवस्थापन गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । नगरपालिकाले आफ्नै खर्चमा सवारी व्यवस्थापन गरी अस्पताललाई सञ्चालनका लागि पिकअप जिप उपलब्ध गराएको छ ।

‘कर छुटका लागि अलि लामो प्रक्रिया रैछ, यता कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएपछि अस्थायी शव बाहन व्यवस्थापन गरेका हौँ’, नगरप्रमुख पौडेलले भने, ‘तीन महिनालाई हामीले भुक्तानी गरी शव बाहन सञ्चालन गर्न दिएका छौँ, नगरपालिकाले खर्च गरेर व्यवस्थापन गरेको शव बाहनले तत्काल जिल्लामा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नेछ ।’
बागलुङमा शव बाहन नहुँदा हालसम्म एम्बुलेन्सबाटै मृतक सङ्क्रमित बोक्दै आइएको थियो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

टाइमकार्ड पालना नगर्ने सय भन्दा बढी सवारी चालकहरु दाङ प्रहरीको कारबाहीमा दुर्घटनामा कमि हुँदै दाङ । १५ दिनको अवधिमा टाइमकार्ड पालना नगर्ने एक सय बढी सवारीसाधन कारबाहीमा परेका छन् । देउखुरीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुबाङ सडकखण्डमा पर्ने नर्ती–भालुबाङ सडकखण्डमा टाइमकार्ड पालना नगर्ने एक सय १९ सवारीसाधन कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । […]

  काठमाडौं । अमेरिका नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (सोमबार) पदभार ग्रहण गर्दैछन् । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल आज सकिएसँगै ट्रम्पले पदभार ग्रहण गर्न लागेका हुन् । अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए । यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा […]

  काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अहिले बिहान कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । साथै, तराइका […]

error: Content is protected !!