(सर्मिला बोगटी)
धनगढी । कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका- ६ मौरिफाँटामा से १ त ४४४१ नम्बरको ट्रयाक्टरले से ३ प ३००५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार सोही ठाउँका २८ वर्षिय प्रकाश रोकाया र ३० वर्षिय सुरेश जप्रेल को मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियाले जनाएको छ।
गम्भीर घाईते भएका उनीहरुलाई उपचारका लागि सेती अस्पतालमा पठाएपनि उपचारका क्रममा दुवै जनाको मृृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियाले जानकारी दिएको छ ।