११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

छुट्टाछुट्टै घटनामा सुनसरीमा २ बालकको मृत्यु

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०७५

असार ८, २०७५| प्रकाशित ०७:२५
इनरुवा– सुनसरीमा बिहीबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तेजनारायण मेहताका ११ वर्षीय छोरा प्रसान्तकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
गाउँपालिकाको भित्री सडकमा को९प २२९३ नम्बरको मोटरसाइकलले साइकलयात्री प्रसान्तलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते प्रसान्तलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक स्थानीय प्रदीप मेहता, उनका ६ वर्षीय छोरा आयुष मेहता र ९ वर्षीया छोरी नेहा मेहतासमेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
यसैगरी सुनसरीको बर्जु गाउँपालिका–१ मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। स्थानीय ठूलोबुबाको घरमा बस्ने सिरहाका ८ वर्षीय एलिष श्रेष्ठको बिहीबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
टेलिभिजन हेर्ने क्रममा सेटअप बक्समा हातले छुँदा करेन्ट लागेका एलिषको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!