०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

अक्सिजन सिलिन्डरको अभिलेख राख्ने जिम्मा सशस्त्र प्रहरीलाई

Logo
प्रकाशित शुक्रबार, बैशाख ३१, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ । प्रत्येक अक्सिजन ग्यास उद्योगमा प्राप्त सिलिन्डर र वितरण भएका सिलिन्डर को अभिलेख राख्नका लागि सशस्त्र प्रहरी खटाउने निर्णय भएको छ।

बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवको कार्यकक्षमा कोभिड(१९ को रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा भएको छलफलले सम्बन्धित उद्योगले अस्पताल बाहेक अन्यत्र निजी प्रयोगमा दिए नदिएको अनुगमन स्थानीय प्रशासन मार्फत गर्ने गराउने व्यवस्था गृह मन्त्रालयले गर्ने र यसका लागि प्रत्येक अक्सिजन ग्यास उद्योगमा प्राप्त सिलिन्डर र वितरण भएका सिलिन्डर को अभिलेख राख्नका लागि सशस्त्र प्रहरी खटाउने र सो को नियमित विवरण प्राप्त हुने व्यवस्था मिलाउने निर्णय गरेको हो।

बैठकले कसैले पनि मापदण्ड विपरीत अक्सिजन सिलिन्डर प्रयोग वा वितरण गर्न कसैलाई अवाञ्छित दबाब नदिने, उद्योग र अस्पतालहरूले पनि कुनै पनि किसिमले मापदण्ड विपरीत प्रयोग नगर्ने निर्णयसमेत गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता किरण राज शर्माले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

टाइमकार्ड पालना नगर्ने सय भन्दा बढी सवारी चालकहरु दाङ प्रहरीको कारबाहीमा दुर्घटनामा कमि हुँदै दाङ । १५ दिनको अवधिमा टाइमकार्ड पालना नगर्ने एक सय बढी सवारीसाधन कारबाहीमा परेका छन् । देउखुरीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुबाङ सडकखण्डमा पर्ने नर्ती–भालुबाङ सडकखण्डमा टाइमकार्ड पालना नगर्ने एक सय १९ सवारीसाधन कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । […]

  काठमाडौं । अमेरिका नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (सोमबार) पदभार ग्रहण गर्दैछन् । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल आज सकिएसँगै ट्रम्पले पदभार ग्रहण गर्न लागेका हुन् । अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए । यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा […]

  काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अहिले बिहान कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । साथै, तराइका […]

error: Content is protected !!