०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

बाँकेमा फार्मेसीकै मिलेमतोमा रेम्डिसिभिरको कालोबजारी

Logo
प्रकाशित शुक्रबार, बैशाख ३१, २०७८

(ABC-Sanchar)
बाँके । गम्भीर सङ्क्रमितका लागि प्रयोग हुँदै आएको रेम्डिसिभिर इन्जेक्सनको कालोबजारीमा सङ्क्रमितको उपचार गरिरहेका अस्पतालकै फार्मेसीको संलग्नता रहेको पाइएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको फार्मेसीकै संलग्नतामा कालोबजारी भएको पाइएको प्रहरीले जनाएको छ । नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालको गौतमबुद्ध नेपालगञ्ज फार्मेसीले ठूलो मात्रामा रेम्डिसिभिरको कालोबजारी ठहर गर्दै दुई लाख जरिवाना गरिएलगत्तै यस्तै अर्को घटना सार्वजनिक भएको हो ।
प्रहरीले दुई भायल रेम्डिसिभिरलाई ५० हजारमा बिक्री गरिरहेका दुई युवालाई पक्राउ गरेको छ । उनीहरूले दिएको बयानका आधारमा भेरी अस्पतालको फार्मेसीमा छापा मारेर प्रहरीले ३२ भायल रेम्डिसिभिर बरामद गरेको छ ।
रेम्डिसिभिर बिक्री गरिरहेको अवस्थामा पक्राउ परेका नेपालगञ्ज–८ का २३ वर्षीय मोहम्मद जावेद अन्सारीले सो इन्जेक्सन भेरी अस्पतालको फार्मेसीबाट ल्याएको जनाएपछि प्रहरीले सो फार्मेसीमा रहेको रेम्डिसिभिरलाई नियन्त्रणमा लिई बिक्री वितरणमा रोक लगाएको छ ।
प्रहरीले नेपालगञ्ज–८ का अन्सारीसहित नेपालगञ्ज–११ का २५ वर्षीय हारुन अंशुलाई चर्को मूल्यमा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
बाँकेका भेरी अस्पताल र मेडिकल कलेजमा गम्भीर किसिमका सङ्क्रमित धेरै भर्ना रहेकाले उनीहरूका आफन्त रेम्डिसिभिर इन्जेक्सनको खोजीमा भौँतारिनुपर्ने अवस्था छ । सोही अवस्थाको लाभ उठाएर अस्पतालकै फार्मेसीले सो औषधिको कालोबजारी गरिरहेको पाइएको भेरी अस्पतालको फार्मेसीका बारेमा अनुसन्धान गरिरहेको बाँकेका प्रहरी प्रमुख ओम रानाले बताउनुुभयो ।
उहाँले रेम्डिसिभिरको कालोबजारी हुन नदिन प्रहरीले सोको बिक्री वितरणको उचित व्यवस्था मिलाउने योजना बनाएको पनि बताउनुभयो । यसैबीच भेरी अस्पताल विकास समितिले एक विज्ञप्ति जारी गरेर अस्पतालको फार्मेसीमा प्रहरीले गरेको हस्तक्षेप र नियन्त्रणमा लिएको भन्दै विरोध जनाएको छ । अस्पतालले सङ्क्रमितको उपचारमा अवरोध पु¥याउने काम नगर्न प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!