०१ माघ २०८१, मंगलबार
14-01-2025 , Tue
×

बाँकेमा फार्मेसीकै मिलेमतोमा रेम्डिसिभिरको कालोबजारी

Logo
प्रकाशित शुक्रबार, बैशाख ३१, २०७८

(ABC-Sanchar)
बाँके । गम्भीर सङ्क्रमितका लागि प्रयोग हुँदै आएको रेम्डिसिभिर इन्जेक्सनको कालोबजारीमा सङ्क्रमितको उपचार गरिरहेका अस्पतालकै फार्मेसीको संलग्नता रहेको पाइएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको फार्मेसीकै संलग्नतामा कालोबजारी भएको पाइएको प्रहरीले जनाएको छ । नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालको गौतमबुद्ध नेपालगञ्ज फार्मेसीले ठूलो मात्रामा रेम्डिसिभिरको कालोबजारी ठहर गर्दै दुई लाख जरिवाना गरिएलगत्तै यस्तै अर्को घटना सार्वजनिक भएको हो ।
प्रहरीले दुई भायल रेम्डिसिभिरलाई ५० हजारमा बिक्री गरिरहेका दुई युवालाई पक्राउ गरेको छ । उनीहरूले दिएको बयानका आधारमा भेरी अस्पतालको फार्मेसीमा छापा मारेर प्रहरीले ३२ भायल रेम्डिसिभिर बरामद गरेको छ ।
रेम्डिसिभिर बिक्री गरिरहेको अवस्थामा पक्राउ परेका नेपालगञ्ज–८ का २३ वर्षीय मोहम्मद जावेद अन्सारीले सो इन्जेक्सन भेरी अस्पतालको फार्मेसीबाट ल्याएको जनाएपछि प्रहरीले सो फार्मेसीमा रहेको रेम्डिसिभिरलाई नियन्त्रणमा लिई बिक्री वितरणमा रोक लगाएको छ ।
प्रहरीले नेपालगञ्ज–८ का अन्सारीसहित नेपालगञ्ज–११ का २५ वर्षीय हारुन अंशुलाई चर्को मूल्यमा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
बाँकेका भेरी अस्पताल र मेडिकल कलेजमा गम्भीर किसिमका सङ्क्रमित धेरै भर्ना रहेकाले उनीहरूका आफन्त रेम्डिसिभिर इन्जेक्सनको खोजीमा भौँतारिनुपर्ने अवस्था छ । सोही अवस्थाको लाभ उठाएर अस्पतालकै फार्मेसीले सो औषधिको कालोबजारी गरिरहेको पाइएको भेरी अस्पतालको फार्मेसीका बारेमा अनुसन्धान गरिरहेको बाँकेका प्रहरी प्रमुख ओम रानाले बताउनुुभयो ।
उहाँले रेम्डिसिभिरको कालोबजारी हुन नदिन प्रहरीले सोको बिक्री वितरणको उचित व्यवस्था मिलाउने योजना बनाएको पनि बताउनुभयो । यसैबीच भेरी अस्पताल विकास समितिले एक विज्ञप्ति जारी गरेर अस्पतालको फार्मेसीमा प्रहरीले गरेको हस्तक्षेप र नियन्त्रणमा लिएको भन्दै विरोध जनाएको छ । अस्पतालले सङ्क्रमितको उपचारमा अवरोध पु¥याउने काम नगर्न प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  धनगढी । ह्याकरले बोर्डमा ‘आई लभ यू चित्रा’ लेखेर सन्देश सार्वजनिक गरेका छन्। प्रहरी कार्यालयको यो बोर्डमा देखिएको सन्देशको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसले प्रहरी कार्यालयको साइबर सुरक्षा प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीका अनुसार घटना कसले र कसरी गर्यो भन्नेबारे अनुसन्धान भइरहेको छ। स्थानीयबासी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्तो कार्यलाई […]

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका प्रहरी उपरीक्षक (एसपी) हरूलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा गरिएको छ । आज बसेको बढुवा समितिको बैठकले गरेको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ को नियम २७ को उप(नियम (४) अनुसार २५ जना प्रहरी उपरीक्षकहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो। बढुवा सूची अनुशार पहिलो नम्बरमा रमेश […]

  काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा, प्रहरी बृत चापागाँउ ललितपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लको अध्यक्षता, प्रहरी वृत्त चापागाउँ ललितपुरको क्षेत्राधिकार भित्र पर्ने वडा एरियाका स्थानीय पालिका प्रमुख तथा जन प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, भद्र भलादमी, नागरिक समाज, मानव अधिकार […]

error: Content is protected !!