२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

लकडाउनको मौकामा राप्ती गापाले ठेकेदारलाई नदीजन्य उत्खनन गर्न अनुमति दियो ?

Logo
प्रकाशित शनिबार, जेठ ०१, २०७८


(ABC-Sanchar)
दाङ । लुम्बिनी प्रदेशको राजधानी भालुबाङ स्थित राप्ती नदीमा नदीजन्य पदार्थ उत्खनन बढेको छ । प्रगन्ना सिंचाई परियोजना नहरको २ नम्बर इन्टेक नजिक शुक्रवार बिहान ५ बजे देखि डोजर, स्काभेटर, ट्रिप्पर प्रयोग गरी उत्खनन् गरिएको राप्ती उपत्यका एवं प्रयावरण संरक्षण समितिका सचिव होमप्रसाद शर्माले जानकारी दिएका छन् ।

यस विषयमा दाङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्ला समन्वय समिती दाङ, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका प्रमुख, स्थानीय प्रशासन प्रमुख लगायत सरोकारवाला सम्पुर्ण निकाय संग डोजर आतंक रोक्न र किसान तथा कृषि योग्य जमिनको संरक्षणको मागहरु सुनुवाई गर्न समितिका सचिव शर्मा अनुरोध गरेका छन् ।

यदि जबरजस्ती यस्ता कार्य हुँदै गएमा कोरोना महामारीको कुनै प्रवाह नगरी किसान मजदुरहरु आन्दोलनमा उत्रने चेतावनी समेत समितिले दिएको छ । साथै त्यसबाट निस्कने परिणामको जिम्मेवारी सम्बन्धीत निकायले लिनुपर्ने समितिले बताएको छ । गत वर्षमा यस्तै प्रकारको उत्खननमा जनताको ठुलो आन्दोलनको दवावबाट नदीजन्य पदार्थ रोकिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]