(सर्मिला बोगटी)
धनगढी । कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट शुक्रबार ९ सय ५३ जना नेपाल भित्रिएका छन्। गड्डाचौकी नाकाबाट १ सय ४८ जना र गौरीफन्टाबाट ८ सय ५ जना गरी ९ सय ५३ जना स्वदेश फर्किएका हुन।
दुवै नाकाबाट स्वदेश फर्किएका मध्ये १७ जनामा कोरोना संक्रमण देखिएको छ। गड्डाचौकी नाकाबाट १ सय ४८ जना भित्रिएकोमा ६८ जनामा एन्टीजेन परिक्षण गर्दा १ जना र गौरीफन्टाबाट ८ सय ५ जना भित्रिएकोमा ८३ जनामा एन्टीजेन परिक्षण गर्दा १६ कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।
कोरोना संक्रमण देखिएका व्यक्तिहरुलाई भने कञ्चनपुरको महाकाली अस्पताल र सेती अस्तालको आईसोलेसनमा राखिने गरेको जनाएको छ। यस्तै सोमबार नै दुवै नाकाबाट २ सय ६४ जना नेपालबाहिर गएका छन्।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार कोरोना संक्रमण देखिएका बाहेका बाँकी अरु सबैलाई आ-आफ्नो स्थानीय तहको जिम्मा लगाईएको जनाएको छ।