२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङमा हप्ताको २ दिन आइतबार र बुधबार मात्र २ घन्टा पसल खुल्ने

Logo
प्रकाशित शनिबार, जेठ ०१, २०७८


(ABC-Sanchar)
दाङ । कोरोना संक्रमणको जोखिम बढेपछि दाङमा बैशाख १७ गतेदेखि जारी लकडाउन जेठ १५ गतेसम्म लम्ब्याइएको छ। यो तेस्रो चरणको लकडाउनमा केही मापदण्डहरु समेत परिवर्तन गरिएको छ। बैशाख १७ गतेदेखि बैशाख २५ गतेसम्म अतिआवश्यकी बस्तु खरिद गर्न विहान ७ बजेदेखि ८ बजेसम्म दैनिक पसल खुल्ने गरेको थियो भने बैंक पूर्ण रुपमा बन्द गरिएको थियो ।

बैशाख २५ गतेदेखि जेठ १ गतेसम्म लम्ब्याइएको लकडाउनमा अरु अथावत राखेर बैंक हप्तामा दुई दिन खुल्ने गरी मापदण्डहरु परिवर्तन गरिएको थियो ।

यो तेस्रो चरणको जेठ १ गतेदेखि १५ गतेसम्मको लकडाउनमा भने कोरोना संक्रमण र मृत्यु दर बढेको भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले अतिआवश्यकीय पसलहरु पनि अब हप्तामा दुई दिन मात्र खुल्ने गरी निर्णय गरेको छ।

शुक्रबार बसेको व्यबस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । यस अघि प्रत्येक दिन विहान ७ देखि ८ बजेसम्म सामग्री किन्ने समयमा भीडभाड बढेको भन्दै अबदेखि हप्तामा दुई दिन आईतबार र बुधबार विहान ७ बजेदेखि ८ बजेसम्म मात्रै सामग्री किन्न पाईने व्यबस्था मिलाइएको संकट व्यवस्थापन केद्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]