०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

दाङमा हप्ताको २ दिन आइतबार र बुधबार मात्र २ घन्टा पसल खुल्ने

Logo
प्रकाशित शनिबार, जेठ ०१, २०७८


(ABC-Sanchar)
दाङ । कोरोना संक्रमणको जोखिम बढेपछि दाङमा बैशाख १७ गतेदेखि जारी लकडाउन जेठ १५ गतेसम्म लम्ब्याइएको छ। यो तेस्रो चरणको लकडाउनमा केही मापदण्डहरु समेत परिवर्तन गरिएको छ। बैशाख १७ गतेदेखि बैशाख २५ गतेसम्म अतिआवश्यकी बस्तु खरिद गर्न विहान ७ बजेदेखि ८ बजेसम्म दैनिक पसल खुल्ने गरेको थियो भने बैंक पूर्ण रुपमा बन्द गरिएको थियो ।

बैशाख २५ गतेदेखि जेठ १ गतेसम्म लम्ब्याइएको लकडाउनमा अरु अथावत राखेर बैंक हप्तामा दुई दिन खुल्ने गरी मापदण्डहरु परिवर्तन गरिएको थियो ।

यो तेस्रो चरणको जेठ १ गतेदेखि १५ गतेसम्मको लकडाउनमा भने कोरोना संक्रमण र मृत्यु दर बढेको भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले अतिआवश्यकीय पसलहरु पनि अब हप्तामा दुई दिन मात्र खुल्ने गरी निर्णय गरेको छ।

शुक्रबार बसेको व्यबस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । यस अघि प्रत्येक दिन विहान ७ देखि ८ बजेसम्म सामग्री किन्ने समयमा भीडभाड बढेको भन्दै अबदेखि हप्तामा दुई दिन आईतबार र बुधबार विहान ७ बजेदेखि ८ बजेसम्म मात्रै सामग्री किन्न पाईने व्यबस्था मिलाइएको संकट व्यवस्थापन केद्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

टाइमकार्ड पालना नगर्ने सय भन्दा बढी सवारी चालकहरु दाङ प्रहरीको कारबाहीमा दुर्घटनामा कमि हुँदै दाङ । १५ दिनको अवधिमा टाइमकार्ड पालना नगर्ने एक सय बढी सवारीसाधन कारबाहीमा परेका छन् । देउखुरीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुबाङ सडकखण्डमा पर्ने नर्ती–भालुबाङ सडकखण्डमा टाइमकार्ड पालना नगर्ने एक सय १९ सवारीसाधन कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । […]

  काठमाडौं । अमेरिका नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (सोमबार) पदभार ग्रहण गर्दैछन् । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल आज सकिएसँगै ट्रम्पले पदभार ग्रहण गर्न लागेका हुन् । अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए । यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा […]

  काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अहिले बिहान कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । साथै, तराइका […]

error: Content is protected !!