०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

बिदेशबाट नेपालीले पठाए ५ सय ६० वटा अक्सिजन सिलिन्डर

Logo
प्रकाशित आइतबार, जेठ ०२, २०७८

(ABC-Sanchar)
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा ५ सय ६० वटा अक्सिजन सिलिन्डर काठमाडौँ ल्याइएको छ । गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट ओमानबाट ५ सय ६० सिलिन्डर अक्सिजन सिलिन्डर नेपाल ल्याइएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तरगत ती अक्सिजन सिलिन्डर नेपाल पठाइएको गैरआवासीय नेपाली संघले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
संघका अनुसार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूतावास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर ७५ लाख रुपैयाँ बराबरको रहेको छ ।

ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ । नेपाल ल्याइएका ती अक्सिजन सिलिन्डर तत्काल कोरोना संक्रमितहरु समक्ष पुगोस् भनेर आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम तय भएको जनाइएको छ ।

मध्यपूर्वदेखि अक्सिजन सिलिन्डर नेपाल पुराउने अभियानमा विशेष पहलकदमी लिने ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) ओमान, संघका केन्द्रिय पदाधिकारीहरु, मध्यपूर्वमा रहेका राष्ट्रिय समन्वय परिषद्हरु प्रति संघले धन्यवाद दिएको छ ।

यसअघि संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले आफ्ना विश्वभर छरिएका राष्ट्रिय समितिहरुलाई परिचालन गर्ने निर्णय गरेको थियो । संघका महासचिव डा. हेमराज शर्माका अनुसार हाल विभिन्न देशमा रहेका संघका शाखा मार्फत नेपालमा आर्थिक तथा भौतिक सहयोग गर्ने क्रम सुरु भैसकेको छ ।

नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरुआत भए यता कोभिडको दोश्रो लहरमा संघले चीनबाट १ सय थान अक्सिजन कन्सरट्रेटर नेपाल पठाउने निर्णय गरेको थियो ।
यस्तै एनआआरएन अमेरिकाको सहयोगमा जनकपुरमा आइसोलेशन सेन्टरको स्थापना गर्ने तयारी गरिएको छ । एनआरएनए अफ्रिकाद्वारा १० जिल्लामा अक्सिजन वितरण भैसकेको संघले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

नवलपरासी । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएकोक नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक […]

error: Content is protected !!