२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङका उद्योगपति बुढाथोकीद्धारा बिरामीलाई ३० वटा अक्सिजन सिलिन्डर सहयोग

Logo
प्रकाशित आइतबार, जेठ ०२, २०७८


(सागर थापा)
दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई ३० वटा अक्सिजन सिलिन्डर सहयोग गर्न गर्नुभएको छ । दाङ जिल्लाको एक असल प्रतिष्ठित ब्यबसायी, उद्योगपति तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका पुर्व उद्योग उपाध्यक्ष खड्ग  बुढाथोकीद्धाराले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सहयोग स्वरुप ३० वटा अक्सिजन सिलिन्डर सहयोग गर्नु भएको छ ।

दाङमा अक्सिजन सिलिन्डर अभावका कारण थुप्रै कोरोना संक्रमितले ज्यान गुमाइरहेको अबस्थालाई मध्यनजर गर्दै प्रतिष्ठानको आइशोलेसनमा उपचाररत बिरामीको लागि उक्त अक्सिजन सहयोग गर्नु भएको हो दाङका उद्योगपति बुढाथोकीले बताए । बिभिन्न समाजसेवामा सक्रिय बुढाथोकीले आफ्नो ब्यक्तिगत खर्चोमा ३० थान अक्सिजन सिलिन्डर सहयोग गर्नु भएको हो ।

कोरोना महामारीको दोस्रो लहर चलिरहेको बेला कोहि पनि कोरोना संक्रमणले ज्यान गुमाउन नपरोस भनि सहयोग गरेको बुढाथोकीले बताए । प्रतिष्ठानमा रहेर महामारीसंग लडिरहेका र महामारीबाट बचाउन संघर्ष गरीरहेका स्वाथ्यकर्मीहरुको लागि उद्योगपति बुढाथोकी प्रबन्ध निर्देशक रहेको सञ्जिवनी कलेजले २ महिना सम्म खमजम खर्च ब्यहोर्ने भएको छ । प्रालिको बैठकले यस्तो निर्णय गरेको उद्योगपति बुढाथोकीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।