ABC (क्राईमबिट)
धनगढी । प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसार्ने कञ्चनपुरका एक युवा पक्राउ परेका छन् । बेलडाँडी गाउँपालिका ३ वैवाह सीमा क्षेत्रमा सुदूर खबर प्रेस लेखेको ज्याकेट लगाएका शुक्लाफाँटा नगरपालिका ४ का २५ वर्षीय नरेश जोशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापा क्षेत्रीले बताउनुुभयो ।
जोशीको साथबाट ७०० ग्राम खैरो हेरोइन बरामद गरिएको छ । उनीसँग सुदूर खबरको परिचय पत्र समेत फेला परेको डीएसपी क्षेत्रीले बताउनुुभयो ।।