०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

दाङमा लकडाउनको मौका छोपी काठ तस्कर ७ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ ०४, २०७८

ABC (क्राईमबिट)
दाङ । तुलसीपुरमा काठ तस्कर भएको छ भन्ने गोप्य सूचना आए पछी प्रहरीले । तुलसीपुरमा १७ थान (३६.७२ क्युफिट ) सालको काठसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो अवैध सालको चिरान काठ लोड गरी तुलसीपुर तर्फ ल्याउदै गरेको गोप्य सूचनाका आधारमा तुलसीपुर उपमहानगरपालिका ३ भगवती टोलस्थित रा १ ख २३७५ नम्बरको बस र ७ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ६ निवासी १८ वर्षीय विजय चौधरी, सोही ठाउँका ३८ वर्षीय शिव परियाार, ३२ वर्षीय समिर चौधरी, २० वर्षीय सन्तोष चौधरी, ३१ वर्षीय चुमान सिंह चौधरी, २० वर्षिय मजोज चौधरी (चालक) र २० वर्षीय श्यामलाल चौधरी रहेका छन् । उनीहरुलाई थप कार्वाहीका लागि सव डिभिजन वन कार्यालय तुलसीपुरमा पठाएको डिएसपी सिंहले बताए ।

उनीहरुले तुलसीपुर उपमहामनगरपालिका वडा न। १ र ३ प्यालिखोलीको भमके खोलामा निर्मित पुल नै भत्काएर सोही काठ तस्कर गर्न तयारीमा थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

नवलपरासी । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएकोक नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक […]

error: Content is protected !!