१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

डिआईजी सरुवाको तयारी लुम्बिनी प्रदेशमा एयर र आचार्यको प्रतिस्पर्धा

Logo
प्रकाशित मंगलबार, जेठ ०४, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवाको गृहकार्य थालेको छ ।

हाल प्रदेश प्रहरी प्रमुख रहेका सात र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का डीआईजीको एकबर्षे कार्यकाल करिब पूरा हुन लागेपछि नेपाल प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले सरुवाको गृहकार्य शुरु गरेको स्रोतको भनाइ छ ।

गृह मन्त्रीस्तरीय निर्णयनुसार गत बर्ष २०७७ बैशाखमा एसएसपीबाट डीआईजीमा बढुवा भएका आठ डीआईजीहरुलाई प्रदेश प्रहरी प्रमुख र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा पदस्थापन गरिएको थियो ।

अहिले केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा सहकुलबहादुर थापा, एक नम्बर प्रदेश प्रहरी प्रमुखमा ईश्वरबाबु कार्की, दुई नम्बर प्रदेशमा धिरजप्रताप सिंह, बागमती प्रदेशमा बसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, लुम्बिनी प्रदेशमा रवीन्द्र बाहदुर धानुक, कर्णाली प्रदेशमा बसन्तकुमार पन्त र सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीले नेतृत्व गरिरहेका छन् ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार सिआईबीमा कार्यरत सहकुलबहादुर थापाको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत अरुणकुमार बिसिको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा गर्ने तयारी गरिएको बुझिएको छ ।

त्यस्तै दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा डीआईजी दिवेश लोहनीलाई पठाउने तयारी गरिएको छ भने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा डीआईजी प्रकाशजंग कार्कीको सरुवा हुने बुझिएको छ ।

त्यस्तै लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी गणेशबहादुर ऐरलाई दिने गृहको तयारी छ । लुम्बिनी प्रदेश जान डीआईजी मुकुन्द आचार्य पनि एमाले नेता बिष्णु पौडेलकोमा शरण लिन पुगेको चर्चा छ । एसपी हुँदा दाङको प्रहरी प्रमुखको जिम्मेवारीमा काम गरिसकेका ऐरको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलसंग सुमधुर सम्बन्ध रहेको र गृहमन्त्रालयमा समेत राम्रो पकड भएको कारण लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी उनैले पाउने सम्भावना बलियो छ ।

सुदुरपश्चिम प्रदेशमा डीआईजी डा. देवबहादुर बोहरालाई पठाउने गृहको तयारी रहेको बुझिएको छ । त्यस्तै कर्णाली प्रदेशमा डीआईजी प्रकाश अधिकारीलाई पठाउने तयारी गरिएको छ ।

यता संघीय प्रहरीको आकर्षण पोस्टिङ् मानिने केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा सरुवा हुन धेरै डीआईजीहरुले इच्छा देखाएका छन् । उच्च स्रोतका अनुसार सिआईबीको नेतृत्वमा डीआईजी उत्तमराज सुवेदीको सरुवा हुने सम्भावना देखिएको छ । डीआईजीहरु घनश्याम अर्याल, धिरजप्रताप सिंह र बसन्तकुमार लामाको प्रहरी प्रधान कार्यालयमा सरुवा हुने स्रोतको दाबि छ । उता लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र बहादुर धानुकलाई विशेष ब्यूरोको जिम्मेवारी दिएर एक नम्बर प्रदेशका डीआईजी ईश्वरबाबू कार्कीलाई प्रहरी प्रधान कार्यालयको प्रवन्ध निर्देशनालय प्रमुखको जिम्मेवारीमा ल्याउने तयारी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीआईजी अरुणकुमार बिसिको सरुवा हुनेभएपछी उनको स्थानमा कर्णाली प्रदेशका डीआईजी बसन्तकुमार पन्त वा प्रवन्ध निर्देशनालयका डीआईजी पुरुषोत्तम कंडेललाई पठाउने बिषयमा गृहकार्य भइरहेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । बगदामा भएको घटनालाई लिएर कपिलवस्तुमा गरिएको विरोध प्रदर्शन तथा बजार बन्दका क्रममा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सदरमुकाम तौलिहवाबाट ४ जना र कृष्णनगरबाट २ जना गरी सोमबार दिउँसोसम्म ६ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा हिन्दुवादी संगठनका नेता समेत रहेका छन्। आइतबार हिन्दुवादी संगठनहरूले प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा […]

कोलम्बियाको दक्षिणी पुतुमायो विभागमा रहेको पुएर्तो लेगुइजामो क्षेत्रमा टेकअफ गर्ने क्रममा एक विमान दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ६६ पुगेको छ। साथै ४ जना हराइरहेको जनाइएको छ। अन्य दर्जनौं घाइतेहरूलाई नजिकको अस्पतालमा पुर्‍याइएको छ। रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार, विमान टेकअफ गर्ने साथ रनवेबाट करिब १.५ किलोमिटर टाढा खसेको थियो। विमान खसेपछि टुक्रा-टुक्रा भएको थियो र […]

काठमाडौं । मंगलबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेका कर्मचारीहरूलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको हो । कार्यालयका अनुसार ती कर्मचारीहरूको खोजतलास गर्दा तथा प्रहरी नियमावलीअनुसार घरमै सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा आएका छैनन्।सूचनामा गैरहाजिर रहनुको कारण स्पष्ट पार्दै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन भनिएको छ। प्रहरी प्रधान कार्यालयले […]

error: Content is protected !!