०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

डिआईजी सरुवाको तयारी लुम्बिनी प्रदेशमा एयर र आचार्यको प्रतिस्पर्धा

Logo
प्रकाशित मंगलबार, जेठ ०४, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवाको गृहकार्य थालेको छ ।

हाल प्रदेश प्रहरी प्रमुख रहेका सात र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का डीआईजीको एकबर्षे कार्यकाल करिब पूरा हुन लागेपछि नेपाल प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले सरुवाको गृहकार्य शुरु गरेको स्रोतको भनाइ छ ।

गृह मन्त्रीस्तरीय निर्णयनुसार गत बर्ष २०७७ बैशाखमा एसएसपीबाट डीआईजीमा बढुवा भएका आठ डीआईजीहरुलाई प्रदेश प्रहरी प्रमुख र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा पदस्थापन गरिएको थियो ।

अहिले केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा सहकुलबहादुर थापा, एक नम्बर प्रदेश प्रहरी प्रमुखमा ईश्वरबाबु कार्की, दुई नम्बर प्रदेशमा धिरजप्रताप सिंह, बागमती प्रदेशमा बसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, लुम्बिनी प्रदेशमा रवीन्द्र बाहदुर धानुक, कर्णाली प्रदेशमा बसन्तकुमार पन्त र सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीले नेतृत्व गरिरहेका छन् ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार सिआईबीमा कार्यरत सहकुलबहादुर थापाको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत अरुणकुमार बिसिको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा गर्ने तयारी गरिएको बुझिएको छ ।

त्यस्तै दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा डीआईजी दिवेश लोहनीलाई पठाउने तयारी गरिएको छ भने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा डीआईजी प्रकाशजंग कार्कीको सरुवा हुने बुझिएको छ ।

त्यस्तै लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी गणेशबहादुर ऐरलाई दिने गृहको तयारी छ । लुम्बिनी प्रदेश जान डीआईजी मुकुन्द आचार्य पनि एमाले नेता बिष्णु पौडेलकोमा शरण लिन पुगेको चर्चा छ । एसपी हुँदा दाङको प्रहरी प्रमुखको जिम्मेवारीमा काम गरिसकेका ऐरको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलसंग सुमधुर सम्बन्ध रहेको र गृहमन्त्रालयमा समेत राम्रो पकड भएको कारण लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी उनैले पाउने सम्भावना बलियो छ ।

सुदुरपश्चिम प्रदेशमा डीआईजी डा. देवबहादुर बोहरालाई पठाउने गृहको तयारी रहेको बुझिएको छ । त्यस्तै कर्णाली प्रदेशमा डीआईजी प्रकाश अधिकारीलाई पठाउने तयारी गरिएको छ ।

यता संघीय प्रहरीको आकर्षण पोस्टिङ् मानिने केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा सरुवा हुन धेरै डीआईजीहरुले इच्छा देखाएका छन् । उच्च स्रोतका अनुसार सिआईबीको नेतृत्वमा डीआईजी उत्तमराज सुवेदीको सरुवा हुने सम्भावना देखिएको छ । डीआईजीहरु घनश्याम अर्याल, धिरजप्रताप सिंह र बसन्तकुमार लामाको प्रहरी प्रधान कार्यालयमा सरुवा हुने स्रोतको दाबि छ । उता लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र बहादुर धानुकलाई विशेष ब्यूरोको जिम्मेवारी दिएर एक नम्बर प्रदेशका डीआईजी ईश्वरबाबू कार्कीलाई प्रहरी प्रधान कार्यालयको प्रवन्ध निर्देशनालय प्रमुखको जिम्मेवारीमा ल्याउने तयारी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीआईजी अरुणकुमार बिसिको सरुवा हुनेभएपछी उनको स्थानमा कर्णाली प्रदेशका डीआईजी बसन्तकुमार पन्त वा प्रवन्ध निर्देशनालयका डीआईजी पुरुषोत्तम कंडेललाई पठाउने बिषयमा गृहकार्य भइरहेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!