२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कर्णाली प्रदेशमा एक करोड राशिको पत्रकार कल्याण कोष स्थापना

Logo
प्रकाशित मंगलबार, जेठ ०४, २०७८

(ABC-Sanchar)
कर्णाली । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले रु एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ ।

महासङ्घको सोमबार बसेकाे भर्चुअल बैठकले कर्णालीका पत्रकारहरूको आपतकालीन उद्धार, उपचार तथा राहतका लागि उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो । महासङ्घ प्रदेश समितिका महासचिव खगेन्द्र भट्टराईले कोरोना भाइरसले कर्णालीका पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभाव र आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा बैठक केन्द्रित भएको बताए ।

उनका अनुसार कोष स्थापनामा सहयोग गर्न सञ्चार उद्यमी, निजी क्षेत्र र तीनवटै तहका सरकारसँग सहयोगको अपिल गरिनेछ । बैठकले कर्णालीका विभिन्न जिल्लाका पत्रकार दिनहुँ कोरोना सङ्क्रमित हुने सङ्ख्या बढिरहेकामा चिन्ता व्यक्त गर्दै पत्रकारलाई कोरोनाविरुद्धको लडाइँमा ‘फ्रन्टलाइनर’ घोषित उनीहरूको स्वास्थ्य र सुरक्षाको उचित प्रबन्ध गर्न प्रदेश र सङ्घ सरकारसँग माग गरेको छ ।

त्यस्तै कोरोना सङ्क्रमण वा अन्य कुनै गम्भीर अवस्थाका बिरामी पत्रकारको आपतकालीन उद्धार तथा उपचारका लागि महासङ्घका तर्फबाट सहजीकरण गर्न कोषाध्यक्ष गणेशकञ्चन भारतीलाई सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]