२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

युवा व्यावसायी माइकलले गरे बिरामी र कुरुवाको लागि खान खर्चो २० हजार सहयोग

Logo
प्रकाशित मंगलबार, जेठ ०४, २०७८

(सागर थापा)
बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विरामी र विरामीको कुरुवाको लागी विहान र वेलुकाको खानाको लागि ३० रुपैयामा व्यवस्थापन गरिरहेका यो अभियानमा बाँके कोहलपुर ११ निवासी सदैव सहयोगी कार्यमा अग्रसर सवैको मन मुटुमा बस्न सफल युवा व्यवसायी माईकल सापकोटाले रू १० हजार सहयोग गर्नु भएको छ । साथै भेरी अस्पतालमा विरामी र विरामीको आफन्त जो विरामी कुरेर बस्नुहुन्छ उहांहरूको लागी विहान र वेलुकाको खाना व्यवस्थापन गरिरहेको अंजनी माता रसोईलाई समेतलाई माईकल सापकोटाले १० हजार रकम अंजनी माता रसोई श्री सुन्दकाण्ड मित्र मण्डललाई सहयोग गर्नुभएको छ । यो भन्दा अगाडीको लकडाउनमा माइकलले बाँके जिल्लाभर लकडाउनमा खटिएको सुरक्षा कर्मीहरु बाटोमा अलपत्र यात्री लगाएतलाई सेवा गर्दै आउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]