०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

बर्दिया प्रहरीले भन्सार छली गरेर ल्याउदै गरेको सामानहरु पक्राउ

Logo
प्रकाशित बुधबार, जेठ ०५, २०७८

 

(महेन्द्र प्रताप सिंह)
बर्दिया । प्रहरीले अबैध सामान मंगलबार पक्राउ गरेको छ । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको धानको बिउ पक्राउ गरेको छ । त्यसैगरी नेपालबाट भारत तर्फ लैजादै गरेको डिजेल पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी गस्ति टोलीलाई देखेर सामान छोडी व्यक्तिहरु भागेको प्रहरीले जनाएको छ । प्रहरीले बिभिन्न जातका धानको बिउँ १ सय ४१ किलोग्राम र डिजेल ४९ लिटर पक्राउ गरेको छ । प्रहरीका अनुसार मुल्य रु ५० हजार ८ सय २७ बराबरको सामान बरामद गरेको हो । छोडिएका सामान प्रहरीले पक्राउ गरी कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!