२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कपिलवस्तुका CDO चक्रपाणि पाण्डेले गरे पत्रकार भण्डारीमाथि दुव्र्यवहार युनियनको आपत्ति

Logo
प्रकाशित बुधबार, जेठ ०५, २०७८


(ABC-Sanchar)
कपिलवस्तु । नेपाल प्रेस युनियन कपिलवस्तुका सभापति एवं एभिन्यूज खबर टेलिभिजनका कपिलवस्तु प्रतिनिधि गोपाल भण्डारीमाथि प्रमुख जिल्ला अधिकारी सीडीओ चक्रपाणि पाण्डेले गरेको दुव्र्यवहारप्रति युनियनले आपक्ति जनाएको छ ।

युनियनका जिल्ला सचिव मणिप्रसाद गैेह्रे एक प्रेस विज्ञप्ति जारी गर्दै भण्डारी माथिको दुव्र्यवहारले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता माथिको दमन भएको ठहर गरेको छ ।

कपिलवस्तुका नागरिक समाजको तर्फबाट जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउने क्रममा समाचार संकलन गर्दा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले पत्रकार भण्डारीलाई दुव्र्यवहार गरेका थिए ।

समाचार संकलन गर्न जाँदा फोटो खिच्न पाइँदैन, अनुमित छैन, किन कार्यालयमा आएको भनेर पाण्डेयले गाली गलौज गरेका थिए । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा भएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको दमन भएको युनियले जनाएको छ ।

घटनाले स्वतन्त्र पत्रकारिता र लोकतन्त्रमा विश्वास राख्ने आम संचारकर्मीहरुलाई सशंकित गराएको विज्ञप्तिमा जनाइएको छ । आगामी दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी सुनिश्चितको लागि स्थानीय प्रशासन र आम सरोकारवालासँग युनियनले माग गरेको छ ।

यसैबीच ज्ञापन पत्र बुझाउन प्रशासन कार्यालय पुगेका पत्रकार भण्डारीमाथि गरिएको ज्यादती गलत भएको र यसले प्रेस तथा आम नागरिकलाई सशंकित बनाएको अधिकारकर्मी रवि ठाकुरले बताएका छन् ।
हाम्राकुरा ड्ट्कमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!