२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

टिकापुर प्रहरीले आफ्नो तलबबाट अस्पताललाई ४० थान अक्सिजन सिलिन्डर सहयोग

Logo
प्रकाशित बुधबार, जेठ ०५, २०७८


(सर्मिला बोगटी)
धनगढी । ईलाका प्रहरी कार्यालय टीकापुरले महामारीको समयमा निकै प्रशंसनीय काम गरेको छ ।

ईप्रका टीकापुरले कार्यालय मातहतका कार्यालय र अस्थायी ट्राफिक पोष्ट टीकापुरका प्रहरीले स्वस्फूर्त रुपमा रकम संकलन गरि ५२ हजार बराबरको करिब ४० थान अक्सिजन सिलिन्डर रिफिल गरेर टीकापुर अस्पताललाई उपलब्ध गराएको छ ।

टीकापुर अस्पतालमा अक्सिजन सिलिन्डरको चरम अभावलाई मध्यनजर गर्दै ईप्रका टीकापुरले यस्तो परिस्थितिलाई मध्यनजर गर्दै उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो । टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावल, उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष रामबहादुर भण्डारी एवं कार्यालयका प्रहरीको उपस्थितिमा ईप्रका टीकापुरका प्रहरी प्रमुख डिएसपी मधुसूदन न्यौपानेले अस्पताल व्यवस्थापन समितीका अध्यक्ष दिपक बहादुर रावललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको जानकारी दिए ।

डिएसपी न्यौपानेका अनुसार कार्यालयमा कार्यरत सबै प्रहरीले पाँच सयका दरले रकम संकलन गरेर अक्सिजन सिलिन्डर रिफिल गरि अस्पताललाई हस्तान्तरण बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।