०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

टिकापुर प्रहरीले आफ्नो तलबबाट अस्पताललाई ४० थान अक्सिजन सिलिन्डर सहयोग

Logo
प्रकाशित बुधबार, जेठ ०५, २०७८


(सर्मिला बोगटी)
धनगढी । ईलाका प्रहरी कार्यालय टीकापुरले महामारीको समयमा निकै प्रशंसनीय काम गरेको छ ।

ईप्रका टीकापुरले कार्यालय मातहतका कार्यालय र अस्थायी ट्राफिक पोष्ट टीकापुरका प्रहरीले स्वस्फूर्त रुपमा रकम संकलन गरि ५२ हजार बराबरको करिब ४० थान अक्सिजन सिलिन्डर रिफिल गरेर टीकापुर अस्पताललाई उपलब्ध गराएको छ ।

टीकापुर अस्पतालमा अक्सिजन सिलिन्डरको चरम अभावलाई मध्यनजर गर्दै ईप्रका टीकापुरले यस्तो परिस्थितिलाई मध्यनजर गर्दै उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो । टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावल, उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष रामबहादुर भण्डारी एवं कार्यालयका प्रहरीको उपस्थितिमा ईप्रका टीकापुरका प्रहरी प्रमुख डिएसपी मधुसूदन न्यौपानेले अस्पताल व्यवस्थापन समितीका अध्यक्ष दिपक बहादुर रावललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको जानकारी दिए ।

डिएसपी न्यौपानेका अनुसार कार्यालयमा कार्यरत सबै प्रहरीले पाँच सयका दरले रकम संकलन गरेर अक्सिजन सिलिन्डर रिफिल गरि अस्पताललाई हस्तान्तरण बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । अमेरिका नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (सोमबार) पदभार ग्रहण गर्दैछन् । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल आज सकिएसँगै ट्रम्पले पदभार ग्रहण गर्न लागेका हुन् । अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए । यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा […]

  काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अहिले बिहान कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । साथै, तराइका […]

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

error: Content is protected !!