०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

आयल निगमले ग्यासको मुनाफा बढी किन देखायो? कारण यस्तो छ

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०७५

उदयसिंह श्रेष्ठ, महेन्द्र सिंह/ ८ असार

नेपालगन्ज–बाँके जिल्ला स्थित ग्यास कम्पनीले प्रति सिलिण्डर रु. ५८ भन्दा बढी मुनाफा हुने गरेको नेपाल आयल निगम क्षेत्रीय कार्यालयले बताएको छ ।
नेपाल आयल निगमले यहाँस्थित भेरी ग्यास उद्योग र मनकामना ग्यास उद्योगलाई प्रति सिलिण्डर रु. १०५७/९६ मा उपलब्ध गराउँदै आएको छ । ग्यास आयात गर्ने क्रममा भन्सार लगायत भ्याट र बिमा खर्च निगमले व्यहोर्ने बताएको छ ।
यहाँस्थित दुई ग्यास उद्योगले रु. १०५७/९६ खरिद गरी डिलरलाई रु. १३०८/– मा बिक्री गरी प्रति सिलिण्डरबाट रु. २५०/०४ खुद नाफा गर्ने गरेको निगमले खुलासा गरेको छ ।
राँझास्थित नेपाल आयल निगमका प्रमुख विनित मणी पोखरेलले दिएको जानकारी अनुसार मासिक रुपमा यहाँस्थित भेरी ग्यासले १२०० मेट्रिक टन र मनकामना ग्यास उद्योगले ९३६ मेट्रिक टन ग्यास आयात गर्ने अनुमति अनुसार ग्यास सिलिण्डर बिक्री वितरण गरेका छन् ।
नेपाल आयाल निगमबाट मासिक स्वीकृत भएका भेरी ग्यासले १२०० मेट्रिक टनका अनुसार मासिक ८४ हजार ग्यास सिलिण्डर तयार गरी बिक्री वितरण गरेको देखिएको छ भने मनकामना ग्यास उद्योगले स्वीकृत पाएको ९३६ मेट्रिक टनबाट ६५ हजार ५ सय २० ग्यास सिलिण्डर बिक्री वितरण गरेको देखिएको छ ।
एक सिलिण्डर ग्यासमा कम्पनीले प्रति सिलिण्डर रु. २५०/०४ का दरले भेरी ग्यास उद्योगले मासिक रु. २ करोड १० लाख ३ हजार ३ सय ६० र वार्षिक रु. २५ करोड २० लाख ४० हजार ३ सय २० मुनाफा गरेको देखिएको छ भने त्यस्तै मनकामना ग्यास उद्योगले मासिक रु. १ करोड ६३ लाख ८२ हजार ६ सय २० पैसा ८० र वार्षिक रु. १९ करोड ६५ लाख ९१ हजार ४ सय ५० मुनाफा गर्ने गरेको पाइएको छ ।
उपभोक्ताले प्रयोग गर्ने ग्यास सिलिण्डर सिधिएको अवस्थामा खाली सिलिण्डरमा २ सय देखि ३ सय ग्राम ग्यास हुने गरेको एक ग्यास सिलिण्डर व्यवसायीले बताए ।
खाली ग्यास सिलिण्डरमा रहलपहल करिब ३ सय ग्राम ग्यास कम्पनीको अतिरिक्त मुनाफा भएको व्यवसायीहरुको भनाई रहेको छ ।
भेरी ग्यासले करिब–करिब रु. २५ करोड र मनकामनाले रु. १९ करोड ६५ लाख आम्दानी अनुसार आन्तरिक राजस्व कार्यालयमा मुनाफामा करिब ३० प्रतिशत आयकर बुझाएको नदेखिएको आन्तरिक राजस्व कार्यालयका एक कर्मचारीले आफ्नो नाम गोप्य राख्ने शर्तमा बताए ।
आन्तरिक राजस्व कार्यालयको सामान्य नीति नियम अनुसार सरदर अनुसार आन्तरिक खर्चबाहेक भेरी ग्यासले रु. ३ करोड ७५ लाख खर्च कटाएर मोटामोटी रु. ६ करोड ३७ लाख ५० हजार र मनकामना ग्यासले ३ करोड खर्च कटाएर रु. ५ करोड आयकर बुझाउनु पर्नेमा अहिलेसम्म त्यत्ति ठुलो रकम उक्त आयकर नबुझाएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!