१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

आयल निगमले ग्यासको मुनाफा बढी किन देखायो? कारण यस्तो छ

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०७५

उदयसिंह श्रेष्ठ, महेन्द्र सिंह/ ८ असार

नेपालगन्ज–बाँके जिल्ला स्थित ग्यास कम्पनीले प्रति सिलिण्डर रु. ५८ भन्दा बढी मुनाफा हुने गरेको नेपाल आयल निगम क्षेत्रीय कार्यालयले बताएको छ ।
नेपाल आयल निगमले यहाँस्थित भेरी ग्यास उद्योग र मनकामना ग्यास उद्योगलाई प्रति सिलिण्डर रु. १०५७/९६ मा उपलब्ध गराउँदै आएको छ । ग्यास आयात गर्ने क्रममा भन्सार लगायत भ्याट र बिमा खर्च निगमले व्यहोर्ने बताएको छ ।
यहाँस्थित दुई ग्यास उद्योगले रु. १०५७/९६ खरिद गरी डिलरलाई रु. १३०८/– मा बिक्री गरी प्रति सिलिण्डरबाट रु. २५०/०४ खुद नाफा गर्ने गरेको निगमले खुलासा गरेको छ ।
राँझास्थित नेपाल आयल निगमका प्रमुख विनित मणी पोखरेलले दिएको जानकारी अनुसार मासिक रुपमा यहाँस्थित भेरी ग्यासले १२०० मेट्रिक टन र मनकामना ग्यास उद्योगले ९३६ मेट्रिक टन ग्यास आयात गर्ने अनुमति अनुसार ग्यास सिलिण्डर बिक्री वितरण गरेका छन् ।
नेपाल आयाल निगमबाट मासिक स्वीकृत भएका भेरी ग्यासले १२०० मेट्रिक टनका अनुसार मासिक ८४ हजार ग्यास सिलिण्डर तयार गरी बिक्री वितरण गरेको देखिएको छ भने मनकामना ग्यास उद्योगले स्वीकृत पाएको ९३६ मेट्रिक टनबाट ६५ हजार ५ सय २० ग्यास सिलिण्डर बिक्री वितरण गरेको देखिएको छ ।
एक सिलिण्डर ग्यासमा कम्पनीले प्रति सिलिण्डर रु. २५०/०४ का दरले भेरी ग्यास उद्योगले मासिक रु. २ करोड १० लाख ३ हजार ३ सय ६० र वार्षिक रु. २५ करोड २० लाख ४० हजार ३ सय २० मुनाफा गरेको देखिएको छ भने त्यस्तै मनकामना ग्यास उद्योगले मासिक रु. १ करोड ६३ लाख ८२ हजार ६ सय २० पैसा ८० र वार्षिक रु. १९ करोड ६५ लाख ९१ हजार ४ सय ५० मुनाफा गर्ने गरेको पाइएको छ ।
उपभोक्ताले प्रयोग गर्ने ग्यास सिलिण्डर सिधिएको अवस्थामा खाली सिलिण्डरमा २ सय देखि ३ सय ग्राम ग्यास हुने गरेको एक ग्यास सिलिण्डर व्यवसायीले बताए ।
खाली ग्यास सिलिण्डरमा रहलपहल करिब ३ सय ग्राम ग्यास कम्पनीको अतिरिक्त मुनाफा भएको व्यवसायीहरुको भनाई रहेको छ ।
भेरी ग्यासले करिब–करिब रु. २५ करोड र मनकामनाले रु. १९ करोड ६५ लाख आम्दानी अनुसार आन्तरिक राजस्व कार्यालयमा मुनाफामा करिब ३० प्रतिशत आयकर बुझाएको नदेखिएको आन्तरिक राजस्व कार्यालयका एक कर्मचारीले आफ्नो नाम गोप्य राख्ने शर्तमा बताए ।
आन्तरिक राजस्व कार्यालयको सामान्य नीति नियम अनुसार सरदर अनुसार आन्तरिक खर्चबाहेक भेरी ग्यासले रु. ३ करोड ७५ लाख खर्च कटाएर मोटामोटी रु. ६ करोड ३७ लाख ५० हजार र मनकामना ग्यासले ३ करोड खर्च कटाएर रु. ५ करोड आयकर बुझाउनु पर्नेमा अहिलेसम्म त्यत्ति ठुलो रकम उक्त आयकर नबुझाएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नयाँदिल्ली (रासस/एएफपी)। भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् । नयाँ व्यवस्थाअन्तर्गत सवारीसाधनको पार्किङ शुल्क दोब्बर बनाउनुका साथै सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ । प्रदूषण नियन्त्रणका लागि लागू गरिएका नयाँ उपायको मुख्य उद्देश्य सवारीसाधनबाट हुने उत्सर्जन घटाउनु रहेको अधिकारीहरूले […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रूपमा भित्र्याइएका एक लाख रुपैयाँभन्दा बढी मूल्यका पटाका बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज नजिकैको एक्लैनी क्षेत्रबाट जाँचका क्रममा ती पटाकाहरू बरामद गरिएका हुन्। तिहारलाई लक्षित गरी भारतबाट लुकिछिपी ल्याइएका पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका पटाकाहरू आवश्यक कारबाहीका लागि […]

  काठमाडौं । सडक बोर्ड नेपालको असोज १२ को निर्णय र २०८२ चैत २६ को राजपत्रमा प्रकाशित सूचना अनुसार शुल्क लिन थालिएको हो। अब सुरुङमार्ग २४ घण्टा सञ्चालनमा रहनेछ र शुल्क नगद वा QR बाट तिर्न सकिनेछ। *कुन सवारीलाई कति शुल्क?* दिशा अनुसार फरक शुल्क तोकिएको छ। सवारीको वर्ग काठमाडौं प्रवेश गर्दा काठमाडौंबाट बाहिरिँदा **कार, […]