२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

समुदाय स्तरमा कोरोना जाँच गर्दै सरुमारानी गाँउसरकार

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

(प्यार अलि खान)
प्यूठान । सरुमारानी गाउँपालिकाले समुदाय स्तरमा कोरोना परिक्षणलाई तिब्रता दिएको छ।
किट अभावमा रोकिएको परीक्षण आज बुधबार देखि सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले जानकारी दिए।
पालिकाको वडा नं २ गनाहा र वडा नं ६ तिरामका स्थानीयहरुमा कोरोना परिक्षण गरिएको हो।
गनाहा बस्तिका २० जना स्थानियमा गरिएको परिक्षणमा १२ जनाको नतिजा पोजेटिभ आएको छ। तिराममा २१ जनाको परिक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको रायमाझीले बताए। ‘कोरोना संक्रमित सामान्य अवस्थामै हुनुहुन्छ।’ रायमाझीले भने, होम आइसोलेशनमा बस्न सल्लाह दिएका छौं। विरामीको अवस्था हेरिकन औषधि पनि दिन्छौ।’ भोली बिहीबार दरभान बजारमा परिक्षण गर्ने योजना रहेको उनले सुनाए।
कोरोना संक्रमितको अवस्था सामान्य रहेको र आवस्यक परामर्श समेत गाउँपालिकाले दिँदै आइरहेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए। २ सय एन्टीजिन किट आईसकेको र थप १ सय थान किट मगाईएको उनले जानकारी दिए।
गाउँपालिकाले ३ वर्ष अघिदेखि नै हंसपुर, ढुङ्गेगढी तथा बाङ्गेसाल स्वास्थ्य संस्थामा ल्याब सुविधा थप गरेको छ। ल्याब सुविधा नरहेका ठाउँमा कोरोना परिक्षणलाई प्राथमिकतामा राखिएको अध्यक्ष विश्वकर्माले बताए।
‘हाम्रो आईसोलेशनमा २ जना कोभिड विरामीको उपचार चलिरहेको छ।’ विश्वकर्माले भने, ‘२ जना निको भएर घर फर्के।’ १५ बेडको तयारी गरिएको उनले बताए। कोरोना रोकथाम उपचार तथा नियन्त्रणमा गाउँपालिकाका स्वास्थ्यकर्मी समेत संक्रमित भएको गाउँपालिकाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!