२० मंसिर २०८१, बिहिबार
05-12-2024 , Thu
×

लकडाउनको मौका छोपी राप्तीमा नदीजन्य दोहन प्रति नागरिक समाजको ध्यानाकर्षण

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

(सागर थापा)
दाङ । लुम्बिनी प्रदेशको राजधानी देउखुरी दाङमा केही दिनदेखि राप्ती नदीमा नदीजन्य सम्पदामा मापदण्ड पालना नगरी दोहन भएको समाचारहरु निरन्तर आइरहेको प्रति लुम्बिनी प्रदेश भालुवाङले नागरिक समाजको ध्यानाकर्षण भएको छ । नीति नियम र मापदण्ड पालना गराउने काम सरकारको हो । यस्ता विषयमा कयौं स्थानहरुमा सरोकारवालाहरुसंग समन्वय गरी अनुगमन समिति बनाएर मापदण्ड पालना गराउने गरिन्छ र यहाँ पनि होला ! तर यहाँ राप्ती गाउँपालिका गढवा गाउँपालिका लमही नगरपालिका क्षेत्रमा नागरिक स्तरबाट स्वस्पूर्त गठन भएको राप्ती बचाउ अभियान समितिले अनुगमन गरेर प्रत्यक्ष शब्द दृष्यसहित गत केही दिनदेखि समाचार प्रसारण गरिरहेको छ, दुर्भाग्य यो आवाज ठिक बेठिक के हो त ? कुनै निकायबाट अवलोकन नभएकोप्रति नागरिक समाज लुम्बीनी प्रदेशको राजधानी देउखुरी भालुवाङका (सल्लाहकार) निम बहादुर थापाले नागरिक समाजको ध्यानाकर्षण भएको बताउनु भएको छ । कोरोनाले महामारी कारणले दिनहो मान्छेहरु मरिरहेको बेला लकडाउनको मौका छोपेर दुरुपयोग बढेको हुनसक्छ भन्ने कुरातर्फ पनि सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ सशस्त्र प्रहरी बल दाङ राप्ती गाउँपालिका देउखुरी दाङ गढवा गाउँपालिका देउखुरी दाङ सम्पूर्ण राजनीति दल लगाएको ध्यान पुगोस र नागरिकको आवाज सुन्ने निकाय पनि छ भन्ने अनुभूति नागरिकलाई गराइयोस् नागरिक समाज सम्बन्धीत निकायलाई हार्दिक अपिल गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला बाँके ने.ग.उ.म.न.पा.वडा नं.१४ को कार्यालय स्थित जि.प्र.का.बाँके म.बा.बा.तथा जे.ना.से.के र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा, नेपागंज उप-महानउरपालिका वडा नं.१४ को सहकार्यमा “लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान” अन्तर्गत प्र.नि.शिबा थापाको कमाण्डमा खटी गएको प्रहरी टोलिले स्थानिय जनप्रतिनिधि, स्थानिय वासिन्दा, समाजसेवि, भद्रभलादमी बुद्दिजिवि, युवा तथा महिला दिदिबहिनिहरुलाई भेला […]

  दाङ । लमही नगरपालिका वडा नं. ६ स्थित आदर्श नमूना माध्यमिक विद्यालय देउपुर दाङ “हामी सवैको प्रतिबद्धता, लैंगिक हिंसा अत्यको लागि ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ मंसिर १० गते देखि संचालित लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा आज मिति २०८१।०८।१९ गते दशौँ दिन लमही नगरपालिका वडा नं. ६ स्थित श्री आदर्श नमूना माध्यमिक […]

  मेष राशि – नेतृत्वदायि भुमिका निर्वाह गर्नु पर्नेछ।पारिवारिक साथले कार्य सम्पादनमा सहयोग हुनेछ ।आर्थिक लगानिमा अलिक सोचविचार गरेर अगाडि बढ्नुहोला ।बोलिकोप्रभाव वढ्नेछ । पारिवारिक सद्भाव वढ्नेछ ।शुभकार्यको चर्चा चल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । बृष राशि – दिन प्रेमिल रहनेछ । नेतृत्व क्षमतामा निखारता छाउला । चिताएका कार्यले पूर्णरुप पाउनेछन् । विशिष्ट व्यक्तिसंगको साथले […]

error: Content is protected !!