०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

नेपालगन्जमा लकडाउन कडाई गर्न विभिन्न चोकमा सेना परिचालन

Logo
प्रकाशित शुक्रबार, जेठ ०७, २०७८


(महेन्द्र सिंह)
बाँके । नेपालगन्जमा दैनिक १० देखि १५ जनाको कोरोनाका कारण मृत्यु भइरहेको छ। दैनिक मृत्युदर बढेसंगै निषेधाज्ञालाई कडाई गरिएको छ। बाँकेमा तेश्रो पटक निशेधाज्ञा थप गरि कडाई गरिएको हो।जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो समय जेठ १० गतेसम्म लकडाउन थप गरिएको छ।

नेपालगन्जको चोक चोकमा नेपाली सेना खटिएका छन्। हरेक चोक चोकमा सशस्त्र प्रहरी नेपाल प्रहरी, नेपाली सेनालाई समेत ड्युटीमा खटाईको छ। बजारको चोक चोकमा सेना परिचालन गरिएको देखिन्छ।

आवतजावतमा कडाई गरिएको छ स्थानिय एक नागरिकले भने।विहान खुकुलो बनाउने तर दिनभरी कडाई गरिने प्रबृत्ति पनि राम्रो नभएको स्थानियको आरोप छ। जिल्ला प्रशासनले दिनरात कडाई गरिनुपर्ने स्थानियको भनाई छ।

विहान र साँझा भिड गर्ने दिनभरी कडाई गरिने प्रबृत्ति गलत रहेको उनिहरुको भनाई छ। कोरोनाको हटस्पट मानेको बाँकेमा थप कडाईका साथ लाग्नुपर्ने स्थानियको भनाई छ।

यता बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने गस्तीको रुपमा सेना चोक चोकमा खटाएको जानकारी दिए। निषेधाज्ञामा सेनाले गस्ती गर्ने प्रजिअ गेलालले जानकारी दिए। उनले विहान ९ बजेसम्म दैनिक रुपमा लकडाउन खुकुलो बनाएको जानकारी गराए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!