२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपालगन्जमा लकडाउन कडाई गर्न विभिन्न चोकमा सेना परिचालन

Logo
प्रकाशित शुक्रबार, जेठ ०७, २०७८


(महेन्द्र सिंह)
बाँके । नेपालगन्जमा दैनिक १० देखि १५ जनाको कोरोनाका कारण मृत्यु भइरहेको छ। दैनिक मृत्युदर बढेसंगै निषेधाज्ञालाई कडाई गरिएको छ। बाँकेमा तेश्रो पटक निशेधाज्ञा थप गरि कडाई गरिएको हो।जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो समय जेठ १० गतेसम्म लकडाउन थप गरिएको छ।

नेपालगन्जको चोक चोकमा नेपाली सेना खटिएका छन्। हरेक चोक चोकमा सशस्त्र प्रहरी नेपाल प्रहरी, नेपाली सेनालाई समेत ड्युटीमा खटाईको छ। बजारको चोक चोकमा सेना परिचालन गरिएको देखिन्छ।

आवतजावतमा कडाई गरिएको छ स्थानिय एक नागरिकले भने।विहान खुकुलो बनाउने तर दिनभरी कडाई गरिने प्रबृत्ति पनि राम्रो नभएको स्थानियको आरोप छ। जिल्ला प्रशासनले दिनरात कडाई गरिनुपर्ने स्थानियको भनाई छ।

विहान र साँझा भिड गर्ने दिनभरी कडाई गरिने प्रबृत्ति गलत रहेको उनिहरुको भनाई छ। कोरोनाको हटस्पट मानेको बाँकेमा थप कडाईका साथ लाग्नुपर्ने स्थानियको भनाई छ।

यता बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने गस्तीको रुपमा सेना चोक चोकमा खटाएको जानकारी दिए। निषेधाज्ञामा सेनाले गस्ती गर्ने प्रजिअ गेलालले जानकारी दिए। उनले विहान ९ बजेसम्म दैनिक रुपमा लकडाउन खुकुलो बनाएको जानकारी गराए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]