०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

बिचौलियाले डिपोबाट नै उठाउँछन् अक्सिजन सिलिन्डरहरु

Logo
प्रकाशित शुक्रबार, जेठ ०७, २०७८

(ABC-Sanchar)
काठमाडौं । कोरोना संक्रमितको उपचारमा अति आवश्यक अक्सिजनमा बिचौलियाको चलखेल भइरहेको खुलेको छ। अक्सिजन आपूर्तिमा चलखेल नहोस् भनी स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि कोटा छुट्याएको छ। तर कोटाअनुसार अक्सिजन नपाएको अस्पतालले जनाएका छन्।

यसो हुनुमा अक्सिजन उद्योग तथा डिपोमा बिचौलियाको चलखेलले काम गरेको गुनासो उनीहरूको छ। त्यसै त कोटा आवश्यकभन्दा कम छ, त्यसमा पनि कम सिलिन्डर उपलब्ध हुँदा स्वास्थ्य संस्थामा उपचाररत कोरोना संक्रमित बिरामी अत्यन्त जोखिममा परेको अस्पतालहरूले जनाएका छन्।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका लागि स्वास्थ्य मन्त्रालयले दैनिक २ सय सिलिन्डर कोटा छुट्याएको छ। तर अस्पतालले १ सय १० सिलिन्डरमात्रै पाउँछ। यो अस्पताललाई पनौतीस्थित नवज्योति अक्सिजन प्रालिले अक्सिजन उपलब्ध गराउँछ। कम्पनीले कोटाअनुसार अक्सिजन नपठाएपछि केही दिनअघि अस्पतालका निर्देशक डा. दिनेश काफ्ले कम्पनीमै पुगेका थिए। सोधपुछ गर्दा कम्पनीले स्थानीयलाई अक्सिजन दिएको बताएको निर्देशक काफ्लेले सुनाए। अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार तीनकुनेस्थित डिपोबाटै बिचौलियाले सिलिन्डर उठाउने गरेको पाइएको छ। ‘कम्पनीमा बिचौलियाले दादागिरी देखाउने, डिपोबाट पनि सिलिन्डर उठाउने गरेको सूचना आएको छ । उनले भने। नागरिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । अमेरिका नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (सोमबार) पदभार ग्रहण गर्दैछन् । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल आज सकिएसँगै ट्रम्पले पदभार ग्रहण गर्न लागेका हुन् । अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए । यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा […]

  काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अहिले बिहान कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । साथै, तराइका […]

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

error: Content is protected !!